१५ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कार


असार ३०, २०७३- सप्तरीको कन्चनरुप नगरपालिकामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कन्चनपुर बजारवाट सामान खरिद गरी कन्चनरुप नगरपालिकाको रुपनगर स्थित घर जाँदै गरेका बेला गत असार २८ गते राति किशोरीको अपहरण भएको थियो । अपहरणपछि उनीमाथि बलात्कार भएको प्रहरी भनाइ छ ।

कन्चनरुप नगरपालिका ७ का बलदेब सरदारले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्चनपुरस्थित चन्द्रनहरको पुलबाट सय मिटर दक्षिण लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

को ९ प ४४३७ नम्बरको मोटरसाईकलमा चढेर घटनास्थल आइपुगेका  पोर्ताहा गाविस ९ का अशोक साह र सियाराम सरदारले किशोरीलाई पुन: अपहरण गरी लगेको निरीक्षक महतले जानकारी दिए ।

किशोरीलाई नियन्त्रणमा लिएर दुबैजनाले मोटरसाईकलमा राखी पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कन्चनरुप नगरपालिका ७ स्थित सिमरामा लगेर राजमार्ग भन्दा ३ सय मिटर दक्षिणको खाली जग्गामा दुबै जनाले किशोरीमाथि जबरजस्ती करणी गरेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।

भोलिपल्ट बिहान मोटरसाइकलमा किशोरीलाई राखेर कञ्चनपुतरर्फ आइरहेको बेला प्रहरीले सोधपुछ गरेपछि घटनाको रहस्य खुलेको थियो । प्रहरीलाई देखेर मोटरसाइकल तीव्र गतिमा कुदाएपछि दुर्घटनासमेत भएको थियो ।

बुधवार पक्राउ गरिएका तीनै जनालाई बिहीबार म्याद थप गरी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।



Don't Forget To Join US Our Community