बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका प्रधानमन्त्री केपी ओलीले मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएको छन् ।
बैठकमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, सरकार गठनका विषयमा उत्पन्न विवाद र संवैधानिक प्रश्नहरु, अविश्वास प्रस्ताव, नयाँ सरकार निर्माणलगायतका विषयमा बारेमा छलफल भइरहेको छ।
गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेपछि गत बुधबार ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्ताव पेस गरिएको थियो।
उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ-आफ्नै ढंगबाट परामर्श गरेका छन्।
Don't Forget To Join US Our Community