प्रधानमन्त्री ओलीले राखे यी २ शर्त, यदि यी शर्त पुरा भए ओलीले राजीनामा दिने

काठमाडौ, ६ साउन । बजेट बिधेयकहरु पारित हुनुपर्ने र अबिश्वासको प्रस्ताव फिर्ता लिए राजीनमा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँगको भेटमा उनले यी दुई सर्त राखेका हुन् । स्रोतका अनुसार बजेटसम्म बिधेयकहरु पारित हुनुपर्ने र अबिश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने प्रधानमन्त्रीको शर्त छ ।


अबिश्वासको प्रस्ताव दर्ता गरेर राजिनामा मागेको भन्दै ओली असन्तुष्ट हुँदै आएका छन् । तर अबिश्वासको प्रस्ताव फिर्ता लिने शर्तप्रति कांग्रेस र माओवादी केन्द्रका नेताहरु डराएको स्रोत बताउछ ।
दिउसो १ बजे फेरी शीर्ष नेताहरुबीच बैठक हुँदै छ । संसद भने २ बजेका लागि बोलाइएको छ । बजेटसम्बन्धि बिधेयक पास नगरी अबिश्वास प्रस्तावमा छलफल अघि बढाइए संसद अवरुद्ध गर्ने एमालेको तयारी छ ।


Don't Forget To Join US Our Community