क्लिन्टन बनिन् अमेरिकी राष्ट्रपति पदका लागि पहिलो महिला उम्मेदवार


श्रावण १२, २०७३- अमेरिकामा नोभेम्बर ८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिकका तर्फबाट औपचारिक रुपमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन राष्ट्रपति पदको उम्मेदवारका रुपमा चुनिएकी छिन् ।

क्लिन्टन अमेरिकाको इतिहासमा नै राष्ट्रपति पदका लागि चुनिने पहिलो महिला हुन् । अमेरिकाको फिलिडेल्फियामा जारी महाधिवेसनको पहिलो दिन क्लिन्टनको राष्ट्रपतिय दौडको प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सका समर्थकहरुले विरोध गरेपनि । आज उनी सर्वसम्मतिले उम्मेदवार चयन भएकी हुन् ।

ह्वाइहाउस दौडका लागि अब उनले यसअघि नै रिपब्लीकनका तर्फबाट उम्मेदवार चयन भइसकेका डोनाल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

रिपब्लिकन तथा डेमोक्र्याट दुवै पार्टीले आफ्नो उम्मेदवार चयन गरेसँगै अब राष्ट्रपतिय निर्वाचनका लागि औपचारिक प्रचार प्रसार पनि सुरु भएको छ ।


Don't Forget To Join US Our Community