चारजना फुटबलरसँग रात बिताएको एक मोडलको खुलासा


स्बिरः एजेन्सी
‘मलाई फुटबल होइन, फुटबलर मन पर्छ’
एजेन्सीः एक अर्जेन्टिनी मोडलले अन्तर्राष्ट्रिय फुटबलकै दुई चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र बार्सिलोनाका दुईदुईजना फुटबलरसँग रात बिताएको खुलासा गरेकी छन् ।

एक स्पेनिस टेलिभिजन रियालिटी शोकी चर्चित मोडल सामिरा सलोमीले दुई कट्टर प्रतिद्वन्द्वी क्लबका फरकफरक खेलाडीसँग रात बिताएको खुलासा गरेकी हुन् । सलोमीले चारमध्ये रियल र बार्सिलोनाका एकएक खेलाडीको नाम सार्वजनिक गरे पनि अन्य दुई खेलाडीको नाम भने गोप्य नै राखेकी छन् ।

सलोमीले रियल म्याड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा र जर्मन क्लब बोरुसिया डर्टमन्डका स्पेनिस डिफेन्डर मार्क बाट्र्रा (उनी एक महिना अघिसम्म बार्सिलोनामै थिए) सँग आफूले ‘बेड सेयर’ गरेको बताएकी हुन् । उनले अन्य दुईजना खेलाडीको नाम सार्वजनिक नगरे पनि ती खेलाडी युवा, सुन्दर र धनी रहेको बताएकी छन् ।

एक स्पेनिस मासिक पत्रिकालाई दिएको अन्तर्वार्तामा सलोमीले भनेकी छन्, ‘मैले चारजना फुटबलरसँग बेड सेयर गरेकी छु । तीमध्ये दुईजना रियल म्याड्रिड र दुई बार्सिलोनाका खेलाडी हुन् ।’ उनले ती चारैजना फुटबलरबाट आफू निकै प्रभावित रहेको पनि बताएकी छन् । ‘भाग्यवश ती चारैजना खेलाडी निकै अनुभवी र उत्कृष्ट थिए’, उनले भनेकी छन् । सलोमीले तीमध्ये केही फुटबलरसँग आफ्नो अहिले पनि सम्बन्ध रहेको बताएकी छन् ।

२५ वर्षीया सलोमीले आफू फुटबल खेलभन्दा पनि खेलाडीप्रति मात्रै आकर्षित हुने गरेको बताएकी छन् । ‘मलाई फुटबल हैन, फुटबलर मन पर्छ’, उनले भनेकी छन्, ‘केही फुटबर अझै पनि मेरो सम्पर्कमा छन् तर मलाई खेलाडीसँगको सम्बन्धप्रति भने विश्वास छैन ।’

गत महिनामात्रै बार्सिलोनाबाट बोरुसिया पुगेका २५ वर्षीय बाट्र्रा अहिले मेलिसा जिमिनेजसँग सम्बन्धमा छन् । यसैगरी २८ वर्षीय बेन्जेमाको नाम पनि अहिले एक्सेल विट्सेलसँग जोडिने गरेको छ ।


Don't Forget To Join US Our Community