पिसाब पोल्ने रोग के हो ?? पिसाब पोल्ने रोगबाट कसरी बच्ने ?? समस्याको घरेलु उपचार


पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ ।
पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु उपचार बिधिः
१। सस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २र३ लिटर पानी पिउनु आवश्यक छ । शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।
२। अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
३। नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
४। योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।
५।यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
६।मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।


Don't Forget To Join US Our Community