एमाले कर्मचारी संगठनले युनियनमा नाम पठायो



असार ३१, २०७३- आपसी विवादमा अल्झिएको एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले अन्तत: आधिकारिक ट्रेड युनियनमा नाम पठाएको छ ।

संगठनले पुण्य ढकाललाई अध्यक्ष, भोला पोखरेललाई उपाध्यक्ष र सिन्धु पाण्डेलाई कोषाध्यक्षमा पठाएको छ । निर्वाचन सकिएको १५ दिनभित्रै नाम पठाउनु पर्ने भए पनि आन्तरिक विवाद र झगडाले रोकिएको थियो ।

पार्टीले हस्तक्षेप गरेर कर्मचारी विवाद मिलाएको हो ।

अध्यक्षमा ढकाल र पोखरेलको दाबी भएपछि हात हालाहालको तहसम्म विवाद भएको थियो ।

जेठ १९ गते भएको निर्वाचनमा संगठनले सबैभन्दा बढी मत पाएको थियो । उसले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ सदस्य पाएको थियो ।

संगठनले लेखनाथ कोइराला, जीवन काफ्ले, कुमार तिम्सिना, खिमलाल अधिकारी, सुब्बालाल मण्डल, गोविन्द अधिकारी र मेघदेव पन्तलाई सदस्यमा पठाएको छ ।

ढकालले संगठनको नेतृत्व छाड्ने आन्तरिक सहमति भएपछि ट्रेड युनियनमा पठाइएको हो ।

आधिकारिक ट्रेड युनियनका लागि कांग्रेस निकट नेपाल निजामित कर्मचारी संघ (युनियन)ले सुबोधकुमार देवकोटाको नेतृत्वमा ६ सदस्य पठाइसकेको छ । आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी संघले सचिव र दुई सदस्य पाएको थियो ।




Don't Forget To Join US Our Community