काँग्रेस र माओवादीबाट दुई सय भन्दा बढी एमालेमा प्रवेश


ठुलोपर्सेल, १२ साउन ।
नेकपा एमाले ठुलोपर्सेल गाउँ अधिवेशनका क्रममा काँग्रेस र माओवादीबाट दुई सय जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । लामो समयदेखी काँग्रेसमा सक्रिय रहेका स्थानीय र माओवादीमा रहेका नेताहरू समेत एमाले नै देश र जनताको सारथी भएको भन्दै एमालेमा प्रवेश गरेको समित त्रिपाठीले जाकारी दिए ।
शनिबार पर्यटन मन्त्री आनन्द पोखरेलले उद्घाटन गरेको अधिवेशनमा एमालेमा प्रवेश गर्नेहरू लर्को लागेको आयोजकले जानकारी दिए । अधिवेशनका उद्घाटन गर्दै मन्त्री पोखरेलले काभ्रे बौद्ध धर्मको महत्वपूर्ण स्थल रहेकाले र बुद्ध धर्म मान्नेहरूले बुद्धको प्रतिमा मान्ने बुद्धचित्तको माला पनि काभ्रेको तिमाल क्षेत्रमै पाइने भएकोले यस जिल्लालाई बौद्ध धार्मिक गन्तव्य बनाउनुपर्ने बताए । काभ्रेका डाँडाहरूमा बुद्धको प्रतिमा निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न नेपाल सरकारले सहयोग गर्ने बचन बद्धता व्यक्त गर्दै काभ्रेको तिमाल क्षेत्रमा बौद्ध धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न अगाडी बड्ने बचन बद्धता व्यक्त गरे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले काभ्रेका पूर्व अध्यक्ष एवं केन्द्रीय स्कुल विभागका सदस्य गोकुल बाँस्कोटाले देश विकास गर्न एमाले जनताको साथमा रहेको बताउँदै एमालेले नै जनताको सेवा गर्न बताउए । कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य जेनिश लामा लागयतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीयहरूले मौलिक परम्परागत बाजागाजा सहित सहभागिहरूलाई स्वागत गरेका थिए ।

http:www.hamrosandesh.com


Don't Forget To Join US Our Community