
श्रावण १, २०७३- बाढीले क्षतिग्रस्त बनाएको बाह्रबिसे तातोपानी सडकखण्डको मर्मतको काम सुरु गरिएको छ । चाकुदेखि खोह्राञसम्मको बाटो निर्माणधिन भोटेकोसी जलविधुत आयोजनाको आर्थिक सहयोगमा बन्ने र अन्य सबै बाटो सडक डिभिजन कार्यलयले बनाउने शर्तमा सडकखण्डको कामको थालनी गरिएको हो ।
बाह्रबिसे तातोपानीसम्म २६ किलोमिटरको दुरी हो । मध्यभोटेकोसीको सर्तअनुसार बाढीले कटान गरेका चाकुदेखि खोह्राञसम्मको बाटोको मर्मतकार्य जिम्मा लिएको छ । चाकुको कटनी गरेको भागमाथिबाट वैकल्पिक मार्ग बनाइसकेको छ । मध्यभोटेकोसी जलविधुत कम्पनीले तीनवटा इस्काभेटर प्रयोग गरेर चाकुबाट आयोजना वरिपरीका संरचनाहरु समेत मर्मत सुधार गर्दै लगेको छ ।
मध्यभोटेकोसी आयोजनाका प्रमुख सुनिलकुमार लामाकानुसार सडक मर्मत र वरिपरीको संरचना पुनर्निर्माण कार्य आयोजना आफैले गर्न थालेको ५ । ‘खोह्राञजस्ता धेरै स्थानमा पहिरो झरिरहेका छन,’ मध्यभोटेकोसीका सिनियर सिभिल इन्जिजिनयर सजय सापकोटाले भने, ‘नदीले साविक बाटो कटनी गर्ने क्रम नरोकिएकाले पुनर्निर्माण कार्य सक्न सातादिन लाग्ने देखिन्छ ।’
वैकल्पिक सडक बनाउन उक्त आयोजनाले काम तिव्र रुपमा थालिसकेको सापकोटाले बताए । त्यहाँबाट मर्मत कार्य सुरु भएपछि मात्रै सडक डिभिजन कार्यलयले खोह्राञबाट सीमासम्मको सडक मर्मतको काम सुरु गर्नेछ ।
सडक डिभिजन कार्यलयले बाह्रबिसे देखि २६ किलोमिटर दुरी रहेको तातोपानी, लिपिञ, सीमासम्मका सबै स्थानहरुमा पहिरोको जोखिम भएका स्थानहरुमा भास्सिँदै गएकाले बाटो बनाउन सहज छैन । प्रमुख जिल्ला अधिकारी गोकर्ण मणिदुवाडीकाअनुसार खोह्राञ, हिन्दी, दशकीलो लगायतका ७ स्थानमा आझै पहिरो झरिरहेकाले सीमासम्मको सडक बनाउन सरल छैन ।
सडक डिभिजनले लामोसाँघुबाट ३ किमी उत्तर/पश्चिममा रहेको जुरेमा बाढीले क्षतिग्रस्त तुल्याएको वैकल्पिक सडकको निर्माणकार्य थालिरहेको छ । बारम्बार सडक भास्सिरहने र पहिरोको काराण् लेदो बगिरहेकाले सुरक्षित बनाउन पर्खाल र सडकमुनि पाँचवटा हिमपाइप गाडिएको छ ।
‘लगातार झरिरहेको पहिरोले काम अगाडी बढ्न नदिएपनि जोखिम मोलेर कार्यरत छौं,’ चरिकोट सडक डिभिजन कार्यलयका प्रमुख अशोक तिवारीले भने, ‘नयाँपुलदेखि चाकुसम्म बाटोका अवरोध हटाइसकेका छांै ।’ उनका अनुसार सडकको पहिरो नियन्त्रणको लागि चिनियाँ सर्वेक्षण टोलीले पहिरोको जोखिमयुक्त सडकहरुमा सर्वेक्षण गरिरहेको छ ।
बाह्रबिसेभन्दा पाँचसय मिटर माथिबाट ट्रयाक खोल्न सुरु गरिसकेको डिभिजन प्रमुख तिवारीले बताए । उक्त ट्रयाक लगेर सुरक्षित तवरले कोदारीमा जोड्ने सडक डिभिजन कार्यालयको लक्ष्य रहेको छ । हिन्दीका स्थानीयहरुको इच्छानुसार त्यहाँको सडक मर्मत सुरु गरिएको छ । त्यहाँका स्थानीयहरुले आफै खर्च गरेर भएपनि तेल उपलब्ध गराएर इस्काइभेटर ल्याउने भएका छन् ।
अरनिको राजमार्ग पुरा मर्मतको लागि कम्तीमा १ अर्ब खर्चिनुपर्ने पुर्वअनुमान गरिएको छ । राजमार्गको पाँचस्थानमा पहिरो नियन्त्रण गर्न मात्रै करिब ६० करोडको आंकलन निकालेको छ । जुरे लगायतका सडकहरुमा पुनर्निर्माण पुरा हुन महिना दिन लाग्नेछ ।