सरकार परिवर्तन विदेशीको इसारामाः प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको खेल विदेशीको इसारामा भएको बताएका छन्।
बिहीबार सोल्टी होटेलमा राष्ट्रिय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार परिवर्तनका छलफल आफैँआफैँले गर्नुपर्थ्यो तर सरकार परिवर्तनको खेल विदेशीको इसारामा ब्याट्रिबाट चल्नु दुःखको कुरा हो।’
प्रधानमन्त्री ओलीले नेपालको हित सबै छिमेकीसँगको मित्रताले मात्र हुने बताउदै राष्ट्रियहितलाई कमजोर पार्न नसकिने बताए।
‘राष्ट्रियहितलाई कमजोर पार्न सकिदैन, गरिदैन र गर्नु हुँदैन,’ ओलीले भने, ‘हामीले राष्ट्रियहित र स्वाभिमानको रक्षा गर्दै र छिमेकीका जायज चासोलाई सम्बोधन गर्नुपर्छ।’
कार्यक्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय सुरक्षाबारे आ–आफ्नो धारणा पेश गरे।
Don't Forget To Join US Our Community