रसुवामा एमाले नेतामाथि आक्रमण, एक दर्जन घाइत


रसुवा, १६ साउन । नेकपा एमालेका नेतामाथि केही उच्छृङ्खल व्यक्तिहरूले आक्रमण गरेका छन् । उनीहरुको आक्रमणबाट नेकपा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य माधव अर्याल, जिल्ला विकास अधिकारी राजेन्द्रदेव पाण्डे, नेपाली काँग्रेसका जनक जीवन उपाध्याय, माओवादी केन्द्रका माधव लामिछानेलगायत एक दर्जन व्यक्तिहरू घाइते भएका छन् । रसुवा जिल्लामा स्थानीय तहको पुनःसंरचनाका बारेमा छलफल भइरहेका ती उच्छृङ्खल व्यक्तिहरूले आक्रमण गरेको एमालेलेले जानकारी दिएको छ । उक्त आक्रमणपछि एमालेले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । ‘बैठकस्थल जिविस रसुवाको सभाकक्षमा प्रवेश गरी छलफलका सहभागीहरूमाथि अभद्र्र व्यवहार गर्नुका साथै लाठी, छड तथा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने कामसमेत गरेका छन्,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘विभिन्न पार्टीका प्रतिनिधिहरू, जिल्ला विकास समितिका अधिकारीसहितका सरोकारवालाहरू सम्मिलित छलफलले स्थानीय तहको पुनःसंरचना गर्ने सम्बन्धमा सहजीकरण गर्ने तथा विवाद र समस्यालाई समाधान गर्न सहयोग पु¥याइरहेको अवस्थामा उक्त घटना भएको बुझिएको छ । हाम्रो पार्टी उक्त घटनाको निन्दा तथा भत्र्सना गर्दछ ।’ एमालेले घटनामा संलग्न दोषीहरूलाई तत्काल कारवाही गर्न र घाइतेहरूको उपचारको प्रबन्ध गर्न स्थानीय प्रशासन तथा सरकारसँग माग गरेको छ । ‘कमरेड माधव अर्याललगायत सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । dpuf


Don't Forget To Join US Our Community