यी सुन्दरी बनिन् अनमोलकी नयाँ हिरोइन!

सेतोपाटी, काठमाडौं
३० जनालाई उछिन्दै नायिका बनिन्
प्रत्येक फिल्ममा नयाँ नायिकासँग देखिएका अभिनेता अनमोल केसीको पाँचौ फिल्मबाट नयाँ नायिकाले डेब्यू गर्ने भएकी छन्। अनमोलको आगामी फिल्म 'कृ'मा अदित्ति बुढाथोकीलाई फाइनल गरिएको हो।
नायिकाका लागि अडिसन आव्हान गरिएको थियो। नायिकाका लागि कुल ३० जनाले निवेदन दिएका थिए जसमध्येबाट टप टेनमा परेकी अदितिको छनौट गरेको निर्माण पक्षले जनाएको छ।
नायिकाका लागि छनौट भएकी अदिति चर्चित मोडल हुन्। उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढीले फलो गर्छन्। अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन्।
उनी हाल बलिउड तथा दक्षिण भारतिय फिल्ममा डेब्यू गर्न संघर्षरत: छिन्। झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन्। यसअघि अदितिलाई थुप्रै नेपाली निर्माता निर्देशकले फिल्म अफर गरे पनि बलिउडमा आफूलाई परिक्षण गर्न मुम्बई गएपछि लत्याउँदै आएकी थिइन्।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ।
फिल्मको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो फिल्मका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । फिल्मलाई चर्चित सम्पादक तथा फिल्म ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्।
Don't Forget To Join US Our Community