चारवटा खुट्टा भएको अनौठो कुखुरा, किन्न मानिसको भीड !


भारतको उत्तर प्रशेको हापुडको मीनाक्षी रोडस्थित एक कुखुरा पसलको अचेल निकै चर्चा हुन थालेको छ । यसको कारण हो चार खुट्टा भएको कुखुरा । हो, एउटा कुखुराको दुइवटा होइन चार वटा खुट्टा छ । यसै कारणले कुखुराको मासु पसल देखि भारतभर कौतुहलको विषय बनेको छ । कसैले यो कुखुरालाई भगवान भनेर त कसैले इस्लाम धर्मलाई जोडेर अड्काल काट्न थालेका छन् । केहीले त यो कुखुरा किन्न महंगो पैशा तिर्न तयार भएको बताएका छन् । एक व्यक्तिले त यो कुखुरा पाउनको लागि ७ हजारको बोली लगाएका छन् । अहिलेसम्म ती मासु पसलका मालिकले भने त्यो कुखुरा बेचेका छैनन् ।


Don't Forget To Join US Our Community