आत्महत्या गर्ने चेतावनी सहित गौरी पौडेलले लेखिन् देउवाका नाममा पत्र

काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको महधिवेशन हुनु पर्ने माग गर्दै अनशनरत गणेश सापकोटाकी पत्नी तथा नेविसंघकी सक्रिया कार्यकर्ता गौरी पौडेलले पतिको अनशन तोड्न कदम नचाले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।
यस्ता छन् आज प्रधानमन्त्री प्रचण्डले गर्ने ५ काम
सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने चेतावनी दिएकी हुन् ।
उनले चेतावनीपूर्ण पत्रमा भनेकी छिन्, “उहाँको मन जसरि पार्टिमा समर्पित छ मेरो मन त्यसैगरि उहाँमै आश्रित छ । बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोट मा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जिवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु । उहाँकी अर्धाङ्गिनि भएकि हुनाले यि स- साना बच्चा र सिउँदोलाई साक्षि राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ”।
प्रचण्डलाई कांग्रेसबाट शुरुमै तनाव हुने संकेत
देउवालाई स्मरण गराउँदै उनले लेखेकी छिन्, “उहाँको स्वास्थ्य निक्कै बिग्रिएको थियो। अहिले पुन पार्टिको आन्तरिक बिवाद का कारण ६ दिन देखि आमरण अनशनमा बस्नुभएको छ । ”प्रजातान्त्रिक पार्टि भित्र प्रजातन्त्रको खोजि गर्दा गर्दै तिमिहरुको बुवा …..”.मैले यी नावालकहरुलाइ कसरि सुनाउन सक्छु ?”
Don't Forget To Join US Our Community