नाच हेर्न गएका दुई जनाकाे गाेली हानी हत्या



भाद्र ६, २०७३- दाङको गढवामा गएराति गोली हानी दुई जनाको हत्या भएको छ । गढवा गाविस वडा नम्बर ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते कालु रोकाको उपचारका लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । राजु रोकाको उपचारका क्रममा मृत्यु भएको छ । गएराति खबरी नाकामा भएको तीजको नाचगान हेर्न पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसिइवी कारण गोली हानेको प्रहरीले जनाएको छ । पुनले योजनाबद्ध रुपमा गोली प्रहार गरेको थाहा भएको एसपी सिंहले बताए ।

मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाईकमा चढेलगत्तै गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने पुन फरार रहेको सिंहले बताए ।




Don't Forget To Join US Our Community