केपी ओलीलाई हटाएर प्रधानमन्त्री बनेदेखि प्रचण्ड बिबादै बिबादमा

काठमाडौं, ३१ साउन ।
नेकपा माओवादी केन्द्रभित्र सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ ।
आठ जना मन्त्री बनाउँदा पनि एकजना महिला मन्त्री नबनाएको भन्दै विवाद पार्टीभित्र चुलिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
मन्त्री छनोट प्रक्रियामा महिलालाई मन्त्री बनाएको भन्दै एकता प्रक्रियाबाट आएका नेताहरुले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।
पार्टीका समानुपातिक र समावेशीको आधारमा मन्त्रीहरुको छनोट गर्ने भनिए पनि अन्तिम समयामा आएर महिलालाई मन्त्री नबनाउने निर्णयले माओवादीभित्र नयाँ विवाद सुरु भएको एक नेताले बताए ।
पार्टीले महिलालाई मन्त्री नबनाएर पार्टीले अगाडि सार्दै आएको समानुपातिक र समावेशिताको खिल्ली उडाएको भन्दै पार्टीमा सहभागी २८ जना महिला सांसदहरुले छुट्टै भेला गरेका छन् ।
मन्त्री छनोटसँग असहमति जनाउँदै महिला सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहे पनि कार्यव्यस्तता भन्दै प्रचण्डले भेट नदिएको सांसद निशाकुमारी साहले बताइन् ।
Don't Forget To Join US Our Community