पत्नी समीराको वियोगले १४ महिनापछि निम्त्याएको दुःखद् नियति


अमेरिका—टेक्सासको ड्यालसमा नेपाली युवाले अनाहकमा भोग्नु परेको पत्नी वियोगले अर्को दुखान्त घटना निम्त्याएको छ । गत वर्षको १० जुनमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट डेन्टनस्थित कोलोनीमा रहेको आफ्नै स्टोरमा काम गरिरहेकी पत्नी ३१ वर्षीया समीरा शिवाकोटीलाई गुमाएका नवराज शिवाकोटीले पत्नी वियोग सहन नसकेपछि आत्महत्या गरेका छन् ।

१४ महिनासम्म पनि पत्नी वियोगको पीडा भुल्न नसकेपछि नवराजले ७ अगष्टका दिन ओक्लाहो गएर आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बुधबार ड्यालसमा अन्त्येष्टी गरिएको छ । अदालतमा समीराको मुद्धामाथि अन्तिम सुनुवाई भइरहेका बेला नवराजले आत्महत्याको बाटो रोजेका हुन् ।

‘उसले आफूलाई सम्हाल्न सकेन्,’ नवराजका दाजु विष्णुलाई उदृत गर्दै अमेरिकाबाट सञ्चालित नेपाली अनलाइन न्युजपोर्टल हिमालयखबर डटकमले लेखेको छ, ‘उसले शनिबार दिउँसो स्टोरको सबै हिसाब किताब, सेल्स ट्याक्स तयार पारेर छाडेको रहेछ ।’

उनी अाफ्नो स्टोरमा जानुपूर्व घरमा भाउजुलाई आफू राति अबेरमात्र फर्किने बताएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारले नवराजको खोजी गरेको थियो । परिवारले खोजी गर्ने क्रममा उनी ओक्लाहोमा घाइते अवस्थामा भेटिएका थिए ।

नवराज घाइते अवस्थामा भेटिएपछि उनलाई एयर एम्बुलेन्सबाट अस्पताल पु¥याइएको थियो । तर, अस्पताल पु¥याउँदा अन्तिम अवस्थामा पुगिसकेकाले उनलाई डाक्टरहरुले बचाउन सकेनन् ।

अमेरिकाको डेन्टनको दी कोलोनीमा आफ्नै ग्यास स्टेशनमा काम गरिरहेका बेला गत वर्ष समीराको अश्वेत युवकको गोली प्रहारबाट हत्या भएको थियो । उनीहरुका एक तीन वर्ष र एक दुर्इ वर्षकी गरी दुई जना छोरी छन् ।

उनका वुवाआमा, दाजु भाउजुसहितको परिवार अमेरिकामै छ । समीराको वियोगमा नवराजले पनि प्राण त्यागेपछि अहिले उनका दुई नाबालक छोरीको हेरचाह र पालनपोषणको जिम्मेवारी उनका दाजु विष्णुमाथि आइपरेको छ ।  उनीहरुको नेपालको घर भने दोलखा जिल्ला हो ।


Don't Forget To Join US Our Community