डरलाग्दो तथ्यांक, नेपालका २२ हजार कर्मचारी भारतको गुप्तचर !


भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतमाथि गम्भीर आरोप लगाएका छन् । उनले नेपालका २२ हजार कर्मचारीलाई भारतले तलव खुवाएर गुप्तचरको रुपमा प्रयोग गरेको बताएका हुन् ।
रफत् सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष विजुक्छेले नेपाल र भारतको तलव खाने २२ हजार कर्मचारीको पहिचान गरि कारबाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने तर्क गरे । नयाँ पत्रिका दैनिकमा खबर छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएर ठिक गरेको उनको धारणा छ ।


सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे पनि स्थानीय निकायको निर्वाचन हुन नदिन ठूला राजनीतिक दललाई भारतले उपयोग गरेको पनि विछुक्छेले आरोप लगाए । भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको उनको भनाई छ । अध्यक्ष बिजुक्छेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाईको संज्ञा दिएका छन् । ‘नीति तथा कार्यक्रममा लागू हुन सके धेरै राम्रो हुन्छ’, उनले भने, ‘नसके सोकेशकै मिठाई जस्तै हुने हो ।’


Don't Forget To Join US Our Community