सेक्स र्याकेट : सात युवकसँग रंगे हात पक्राउ परिन कतारी राजकुमारी

एजेन्सी ।
कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एक होटेलमा साता जवानसँग शारीरिक सम्पर्क गरिरहेको बेला रंगे हात पक्राउ परेकी छन् । उक्त कुराको खुलासा बेलायतको एक अखबर फाइनेन्सियल टाइम्सले गरेको छ ।
उक्त अखबारका अनुसार यो काण्डलाई गुपचुप राख्नको लागि कतार दूतावासले ५० करोड यूरो घुसको पनि प्रस्ताव गरेको थियो । तर उक्त अखबारले घुस नलिएर समाचार प्रकाशन गर्ने निर्णय गरेको दावी गरेको छ ।
खबरका अनुसार बेलायतको सुरक्षा एजेन्सी एमआई सिक्स र स्कटल्याण्ड यार्डले मिलेर राजकुमारीलाई पक्राउ गरेका थिए । सोधपुछको क्रममा उनले आफूलाई कतारी शाही परिवारको सदस्य बताएकी थिइन् ।
‘कानुन तोड्न चाहँदैन थिएँ’
उनले आफ्नो उद्देश्य कतार देशको इज्जतमा दख्खल पुर्याउने नभएको र आफूले बेलायती कानुनविपरित कुनै काम नगरेको बताइन् । यद्यपि, सुरक्षाकर्मीले उनलाई बेलायतमा आपराधिक व्यक्तिसँग सम्बन्ध बनाउनु गैरकानुनी भएको बताएका थिए ।
एमआई सिक्स र स्कटल्याण्ड यार्डलाई सेक्स र्याकेटसँग जोडिएको कयौं उजुरी परेका थिए । यसपछि एक्सेलसिअर लण्डन होटेलमा उनीहरुले छापा मारेका थिए । छापा मार्दा होटेलमा कतारकी राजाको सौतेनी बहिनी सात युरोपेली युवकका साथ शारीरिक सम्पर्क बनाइरहेको बेला पक्राउ परिन् ।
दलालको सम्पर्कबाट सेक्स र्या केटमा सहभागी
उक्त अखबारका अनुसार जब स्कटल्याण्ड यार्डका अधिकृतहरुले युवतीको आइडीकार्ड जाँच गर्दा उनी कतारी शाही खानदानबाट भएको पत्ता लागे पनि उनीहरु हैरान भएका थिए । कतारी राजकुमारीले आफ्नो दलाललाई एकसाथ सात युवकहरु ल्याउन भनेकी थिइन् ।
उनले दलाललाई पूरै रात होटेलको लबीमा बस्नको लागि भनेकी थिइन्, ताकि कुटपिटको कुनै घटना नहोओस् । यसअघि नै राजकुमारीसँगको शारीरिक सम्पर्कको क्रममा युवकहरुबीच कुटपिटको घटना भइसकेका रहेछन् ।
Don't Forget To Join US Our Community