१३ वर्षीय विद्यार्थीबाट २४ वर्षीया शिक्षिका गर्भवती यसरि भइन गर्भवती

ओस्टिन:
अमेरिकाको ह्यूस्टनमा शिक्षक-विद्यार्थीबीच भएको शारीरिक सम्बन्धको एउटा अनौठो घटना बाहिर
आएको छ ।
यहाँकी एक शिक्षिकाको १३ वर्षीय किशोरसँग माया बस्यो । यतिमात्रै होइन दुबैले यौनसम्बन्ध राखेपछि शिक्षिका गर्भवती पनि भइन् ।
विद्यार्थीसँगको यौनसम्बन्धबाट गर्भवती भएकी शिक्षिकाको नाम एलेक्जेन्ड्रा भेरा हो र उनी २४ वर्षकी छन् । बालकसँग यौनसम्बन्ध राखेको घटनामा चलेको मुद्वामा उनले अदालतबाट तारेखमा छुट्टी पनि पाइसकेकी छन् ।
घटना ह्यूस्टन (टेक्सास) स्थित थोमस जे स्टोभल मिडल स्कुलको हो । एलेक्जेन्ड्रा आफैंले बालकसँग यौनसम्बन्ध राखेको कुरा प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
आठौं कक्षाकी शिक्षिका एलेक्जेन्ड्राका अनुसार उनी पाँच महिनाअघिदेखि १३ वर्षीय विद्यार्थीसँग सम्बन्धमा थिइन् ।
यसक्रममा दुबैबीच यौनसम्बन्ध भयो र उनी गर्भवती हुन पुगिन् । तर, उनले गर्भपतन गराइसकेकी छन् ।
शिक्षिकाले बताएअनुसार अघिल्लो साल सेप्टेम्बरमा उनीहरुबीच यौनसम्बन्ध भएको थियो । यी दुबैबीच जब सम्बन्ध शुरु भयो तब ती विद्यार्थीले शिक्षिकाको इन्स्टाग्रामको ह्यान्डल मागे । इन्स्टाग्राम एकदोस्रोलाई फलो गरेबाट शुरु भएको सम्बन्ध यौनसम्बन्धसम्म पुगेको हो ।
शुरुमा एलेक्जेन्ड्राले विद्यार्थीलाई इन्स्टाग्रामको ह्यान्डल दिन मानेकी थिइनन् । तर भोलिपल्ट ती विद्यार्थी स्कुल नआएपछि शिक्षिकाले उनलाई म्यासेज पठाइन् । त्यसपछि यी दुई एकअर्काको साथमा समय बिताउँदै चाँडै नजिकिन पुगे ।
उनीहरुबीच सम्बन्ध शुरु भएपछि लामो यात्रामा जाने गर्थे भने एक-दोस्रोसँगै रहेर समय बिताउँथे ।
अदालती कागजातका अनुसार ती विद्यार्थी हरेक दिन शिक्षकको घरमा पस्थे र उनीहरुबीच नियमित यौनसम्बन्ध कायम हुन्थ्यो ।
शिक्षिकक एलेक्जेन्ड्राले आफ्ना छिमेकी र चिनजानका मानिसलाई ती विद्यार्थीलाई भाइकारुपमा परिचित गराएकी थिइन् ।
एलेक्जेन्ड्राले बताए अनुसार विद्यार्थीको परिवारले पनि यो सम्बन्धलाई सहयोग गरेको थियो । उनीहरु एलेक्जेन्ड्रा गर्भवती भएकोमा खुसी थिए तर उनले गर्भपतन गरिन् ।
अदालती कागजातका अनुसार एलेक्जेन्ड्राको घरमा रातभरि बस्दा पनि विद्यार्थीका अभिभावकले उनलाई गाली गर्दैनथिए ।
यो घटनामा विद्यार्थीका परिवारले पनि शिक्षिकासँगको सम्बन्धलाई साथ दिएकाले उनी अदालतबाट तत्कालै रिहा भइन् । उनले यसका लागि करिब एक करोड रुपैयाँ भने अदालतमा बुझाउनुपर्यो ।
Don't Forget To Join US Our Community