प्रचण्डलाई भारतबाट आयो अहिलेसम्मकै यस्तो कडा निर्देशन ,नेपाललाई चिनियाँ चंगुलबाट उम्कन सुझाव नेपाली ले हर्नै पर्ने ...

काठमाडौं, २८ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतबाट कडा सुझाव आएको छ । प्रधानमन्त्रीमा सपथ लिनुअघिनै भारतीय मिडियाले अब नेपालमा भारतीय प्रभाव बढ्ने भनेर चर्चा गरिसकेका बेला प्रचण्डलाई एक चर्चित भारतीय पत्रकार एवं लेखिका सुधा रामचन्द्रनले चिनियाको चंगुलबाट उम्किनुपर्ने सुझाव दिएकी छन् ।
हङकङमा प्रकाशित हुने एसिया टाइम्स पत्रिकामा लेख लेख्दै उनले भनेकी छन्– ‘नाकाबन्दी हुँदा ओली सरकारको ‘एन्टी–इन्डिया सेन्टिमेन्ट’, मधेशको समस्या अनि चीनसंगको सम्बन्धले भारत चिढिएको छ । भारतसंगको सम्बन्ध सुधार्न प्रचण्ड चीनको चङगुलबाट उम्कनुपर्छ ।’
उनले मधेशी र जनजातिको मुद्धा प्रचण्डको पहिलो प्राथमिकता भन्दै संविधानको संशोधनसंगै सीमाकंन टुंग्याउनुपर्ने, मधेशमा मारिएकालाई शहिद घोषणा अनि घाइतेलाई निःशुल्क उपचार गरिनुपर्ने आदीमा प्रचण्डले छिटो ध्यान दिनुपर्ने उल्लेख गरेकी छन् । यसअघि पनि भारतीय मिडियाहरुले प्रचण्ड भारतले चाँहेको प्रधानमन्त्री भएको र उनको सरकारलाई भारतले पूर्ण सहयोग गर्ने बताएका थिए ।
Don't Forget To Join US Our Community