ठमेलमा नारकीय जीवन भोगेकी २१ वर्षीया मुनाको कथा...

द्वन्द्वकालको समय थियो, धेरै मानिसहरु द्वन्द्वबाट प्रभावित थिए । जसको चपेटामा बालवालिका पनि परेका थिए । नुवाकोटकी मुना नेपाली ५ वर्षकी थिए, त्यसबेला । मलाई आफ्नो बुबाले सधैका लागि छाडेर गइसकेका थिए । साथमा आमा, एक दाजु र एक भाई थिए । दिदीहरु सबैको बिहे भैसकेको थियो । गाउँमा छुवाछुतको व्यवहार चर्को थियो । कुवाबाट आफैले पानी भर्न पाइदैनथ्यो । दलितले छुनु हुँदैन भन्थे । कुनै सामान दिनुपर्याे भने पनि माथिबाट झारिदिन्थे ।
मेरो उमेर करिब ६ वर्षको हुँदा आमा पनि बित्नुभयो । घरमा हामी स–साना बालवालिका मात्रै भयौ । कमाउने सक्ने कोही थिएनौ । द्वन्द्वको बेलामा गाउँबाट थुप्रै मान्छेलाई लगेका थिए । तर, किन लगेका हुन भन्ने मलाई थाहा थिएन । मेरो दाजुलाई पनि उनीहरुल लैजाने तयारी गरे । गाउँको एक जना अंकले हामीलाई गाउँबाट भगाएर ल्याएका थिए । तर, उनले हामीलाई बीच बाटोमै छाडिदिए । हुन त अंकल हामीलाई काठमाडौं लगेर काम लगाइ दिन्छु भन्नुभएको थियो ।
हामी अलपत्र परेपछि दाइले भारी बोक्ने काम खोज्नुभयो । हामीलाई बाटोमा नै राख्नुहुन्थ्यो र उहाँ भारी बोक्ने काम गर्नुहुन्थ्यो । केही समयपछि दाइले कोठा खोजेर त्यहाँ राख्नुभो । यसैक्रममा दाइले विहे गरेर भाउजु ल्याउनुभो । हाम्रो आमा त हुनुहुन्थेन, तर नेपाली समाजमा भाउजुलाई आमा पछिको आमा मानिन्छ । हामीले उहाँबाट माया पाउने आशा गरेका थियौ । तर, त्यसो हुन सकेन ।
बिस्तारै भाउजुले पनि पिट्ने कुट्ने गर्न थाल्नुभो । मेरो श्रीमानको कमाइमा रजाइ गर्न बसेको भन्नुहुन्थ्यो । भाउजुको दुव्र्यवहार सहन नसकेर घर छोड्न बाध्य भए ।
त्यसरी घर छोड्दा म नौ वर्षको थिए । त्यसपछि मेरो बास सडकमै भयो । सडकमै सुत्थे । फोहोरमा फ्याकेको खाने कुरा खान्थे । अर्काको घरमा भाडा माझेर भए पनि आफ्नो ज्यान पाल्छु भन्ने सोचेको थिए ।
काम खोज्न जान्थे । उनीहरुले के जात हो ? भनेर सोध्थे । दलित हो भनेपछि घचेटेर पठाउथें । यो सानो बालिका हो भन्ने भावना उनीहरुको मनमा आउँदैनथ्यो । त्यसपछि मैले जात ढाटेर थापा हुँ भन्न थाले । त्यसपछि चाही मैले २५ जनाको परिवारमा भाडा माझ्ने काम पाए ।
सुरुको एक दुई दिन त उहाँहरुको व्यवहार निकै राम्रो थियो । त्यसपछि क्रमशः उनीहरुको व्यवहारमा परिवर्तन आयो । म ९ वर्षको बच्चाले २५ जनाको परिवारको भाडा माझ्नु पर्दथ्यो । कपडा धुन सक्दिनथे तर पनि धुनुपर्दथ्यो । समयमा काम भएन भने कुटाइ खानुपर्दथ्यो । गाली गर्दथें । मेरै उमेरको उनीहरुको छोराछोरीलाई परी जसरी सजाएर राख्थे । मेरो भने हात खुट्टा फुटेर रगत आउँथ्यो । घरमा एक जना बुढी आमा हुनुहुन्थ्यो । उहाँलाई तेल लगाएर मालिस गरिदिनुपथ्र्यो । जाडो गर्मी केही भन्न पाइन्नथ्यो । जाडोमा लाउने तातो लुगा थिएन ।
उमेर सानै थियो । समयमा काम सकिँदैनथ्यो । कहिलेकाही त राती २ बजे ३ बजेमात्रै सुत्न पाउथे । उनीहरुले गाली गर्दा भन्थे, ‘कस्ति आमाले जन्माएकी छोरी होला यो ? आमा नै राम्रो नभएर छोरीले पनि काम गर्न नजानेकी’ भनेर गाली गर्दथे । त्यसबेला मलाई एकदमै पीडा हुन्थ्यो । आमालाई सम्झिएर रुन्थे । मेरो बुवाआमा हुनुभएको भए यस्तो दुःख गनुपर्दथ्यो होला जस्तो लाग्थ्यो ।
यी कुराले म भित्रभित्रै टुट्दै गएको थियो । कसैको मिठो बोली सुन्न पाएको थिइन । कसैको माया पाएकी थिइन् । कसैले मिठो बोली बोलिदिए हुन्थ्यो नि भन्ने लागेको थियो ।
एकदिन एउटा सिसाको गिलास फुट्दा साहुनीले पिट्नुभो । जाडोको महिना थियो । खुट्टाबाट रगत बगी रहेको थियो । बिरामी पनि थिए । ज्वरो आइरहेको थियो । तर, पनि म भाडा माझिरहेकै थिए । त्यस्तो बेला कसैले मेरो टाउकोमा हात राखेर दुई शब्द मिठो बोलिदियोस भन्ने लागिरहेको थियो । त्यो पनि सबैभन्दा बढी मैले मेरो बुबा आमालाई सम्झिरहेको थिए ।
त्यही घरमा प्लम्बिङको काम गर्न आउने एक जना दाइले पहिलेदेखि नै राम्रो काम लगाइदिन्छु भनिरहेको थियो । त्यो मानिसले जाउँ हिड राम्रो काम लगाइदिन्छु भने । त्यसबेला, ऊ मेरा लागि सबैभन्दा नजिकको मान्छे लाग्यो । म उनको पछि लागे । सायद त्यो मेरो बचपना थियो होला ।
त्यो मान्छेले मलाई कुनबाटो लग्यो भन्ने अहिले पनि मलाई थाहा छैन । एकदम झिलिमिल शहरमा पु¥याउनु भयो । अहिले थाहा पाउँदा चाहीँ त्यो ठमेल रहेछ । अहिले थाहा पाउँदा त्यो कामलाई मसाज भनिदो रहेछ । त्यहाँ अरु केटीहरु पनि थिए । मलाई त्यहाँको साहुसँग चिनाइ दिए ।
चार पाँच दिन भुइँ पुछेर, केही भाडा माझेर बिताए । एक दिन म काम सकेर बसिरहेको थिए । त्यही बेला एक जना अग्लो मोटो मान्छे हेलमेट लगाएर आउनुभयो । उहाँ कोठातिर लाग्नुभयो । मेरो साहुले चाहीँ एउटा जुस र कागजमा के चिज हो प्याक गरेर मलाई दिएर त्यो सरलाई दिएर आउँ है भनेर पठाउनुभयो ।
म कोठामा पुग्ने वित्तिकै बाघले सिकारलाई झम्टे जसरी मलाई झम्टिनुभो । हत्तपत्त ढोका लगाउनुभयो । म एकदमै तर्सिए र कराउन थाले । त्यसपछि मेरो साहु आउनुभो । उहाँले मेरो खुट्टा समाउनुभो । त्यसपछि त्यो मान्छे म माथि आकोसम्म थाहा छ । त्यसपछि के भयो मलाई केही पनि थाहा छैन । त्यसपछि त्यो क्रम साढे २ वर्षसम्म निरन्तर चल्यो ।
मेरो उमेर १२ वर्षको थियो । त्यो झिलिमिली सहरभित्र एक दिनमा कम्तिमा ३० जनालाई सन्तुष्ट पार्नुपथ्र्यो । तर, त्यहाँबाट कसरी बाहिर निस्कने भन्ने थाहा पाउन सकेको थिइन ।
अढाइ वर्षपछि एकदिन साहु नभएको बेला म रेडियो चलाई रहेको थिए । त्यहाँ मैले रक्षा नेपालको कार्यक्रम सुने । हिंसामा परेका महिलालाई सहयोग गर्न सक्ने कुरा त्यो कार्यक्रममा सुने । मैले एक दुई कक्षा पढेको भएर मैले रेडियोले भनेको नम्वर टिप्न सके । साहु नभएको बेला पारेर मैले रक्षा नेपालमा फोन गरे । त्यो फोन त्यहाँको मेनुका थापाले उठाउनुभएको थियो । मैले मेरो सबै कुराहरु भने । तर, मलाई विश्वास चाहीँ लागेको थिएन । त्यहाँ आउने धेरै मान्छेले तिम्रो उमेर सानो छ । यस्तो काम गर्नु हुँदैन भन्थे र आफ्नो स्वास्र्थ पुरा गरेर जान्थे ।
तर, उहाँहरु दुई दिनमा रक्षा नेपालबाट मलाई लिन आउनुभयो । मैले रक्षा नेपालमा राम्रो वातावरण पाए । पहिले मेरो नजिकबाट कोही मान्छे हिड्दा पनि म डराउने, काम्ने गर्दथे । मलाई मार्न नै आएको हो कि जस्तो लाग्थ्यो । म राम्रोसँग बोल्न पनि सक्दैनथे । रक्षा नेपालकै कारण अहिले म बोल्न सक्ने भएको छु ।
अहिले म २१ बर्षकी भए । कक्षा १२ को परीक्षा दिएर बसेकी छु । अबका दिनमा कुनै पनि मुनाहरु निमोठिनु नपरोस, कुनै चेलीको अस्मिता नलुटियोस् । कुनै पनि मुनाहरुको अस्मिता लुटिन नपरोस, निमोठीन नपरोस, अब बाँकी जीवन यही क्षेत्रमा समर्पित भएर काम गर्न चाहन्छु । म जस्तै कठिनाईमा परेकाहरुलाई साथ, सहयोग र उद्धार गरेर नयाँ बाटो देखाउन लागिपर्ने अठोट गरेकी छु ।
(पत्रकार सुमन खरेलले उनको कार्यक्रम ‘सुमनसँग’का लागि मुना नेपालीसँग गरेको भिडियो अन्र्तवार्ताको सार)
Don't Forget To Join US Our Community