यस्तो हुन्छ महिला कण्डम


महिला कण्डमको प्रयोग बहुतै फाइदाजनक छ साथै यसका विशेषता पनि कम छैनन् । सायद महिला कण्डमका विषयमा महिलाहरु अझै कन्फ्युज छन् होला तर महिला कण्डम गर्भ निरोधक साधन मात्र नभएर सम्भोगको समयमा मानसिक चिन्तामुक्त राख्न पनि लाभदायक छ । जानौं महिला कण्डमका विशेषता १. महिला कण्डमको प्रयोग जति जति फाइदाजनक छ त्यति नै लगाउन पनि सजिलो छ किनकि यो अत्यन्तै लचिलो छ । २. यदि सम्भोगको समयमा महिला कण्डम सही ढंगले प्रयोग गर्नाले नचाहेको गर्भ रोक्न बहुतै प्रभावशाली हुन्छ । ३. महिला कण्डमको प्रयोग गर्न कठिन छैन । सुरुमा यसको प्रयोग गर्न अप्ठ्यारो लाग्न सक्छ । तर पहिलो सम्भोगको बेला पनि यसलाई सहज तरिकाले प्रयोग गर्न सकिन्छ । ४. पुरुष कण्डम जस्तै महिला कण्डम पनि फेरि प्रयोग गर्न सकिँदैन । ५. यदि पुरुषले कण्डम प्रयोग गरिरहेको छ भने महिलाले कण्डमको प्रयोग गर्न आवश्यक पर्दैन । ६. महिलाले कण्डम प्रयोग गरेका बखत पनि पुरुषले त्यतिनै आनन्द प्राप्त गर्न सक्छ जति विना कण्डम आनन्द प्राप्त गर्न सकिन्छ । ७. यदि तपाईंलाई रबरको एलर्जी छ भने कण्डम प्रयोग नगर्नु नै उत्तम हुन्छ । तर यदि पुरुषलाई रबरको एलर्जी छ भने पनि महिलाले कण्डम प्रयोग गर्दा कुनै असर गर्दैन । ८. महिला कण्डम ज्यादा टाइट अथवा अप्ठ्यारो हुँदैन । यसको प्रयोग गर्दा तपाईंलाई कण्डम प्रयोग गरेको महसुस नै हुँदैन । ९. गर्भनिरोधक साधनको रुपमा बनेको महिला कण्डम धेरै लुव्रिकेटेड हुन्छ त्यसैले यसमा ज्यादा तापमानको असर नै पर्दैन । १०..पुरुष कण्डम जस्तै महिला कण्डम पनि तुरुन्तै प्रयोग गर्न सकिन्छ । महिला कण्डमको आफ्नै अलग विशेषता हुने हुनाले तपाईंले नचाहेको गर्भ रोक्न र सेक्सको आनन्द लिन महिला कण्डमको प्रयोग गर्नु लाभदायक हुन्छ । तपाई पनि एकचोटी ट्राइ मार्ने हो की ? -एजेन्सीको सहयोगमा -


Don't Forget To Join US Our Community