फेसवुकबाट लिभिङ टुगेदर हुँदै रहस्यमय मृत्युसम्मआसंका ,कृष्णाको कारुणीक जीवन लिला
फेसवुकले चिनजान,चिनजानबाट लिभिङ टुगेदर,लिविङ टुगेदरको खट्पट्पछि सामुहिक वलत्कारको आसंका र पोष्टमार्टको रिपोटले झुण्डिएर मरेको प्रमाणित । जे होस कृष्णाको सोझो विश्वासले उनलाई प्रेम, लिभिङ टुगेदर हुँदै रहस्यमय मृत्युको मुखमा धकेल्यो । फेसवुकको चिनजानले गोर्खाबाट काठमाडौं पुगेर लिभिङ टुगेदरमा रहेकी एक युवति आधार विनाको विश्वासमा पुग्दा मृत्युको मुखसम्म धकेलिएकि छिन् । गोर्खा पालुंगटार नगरपालिका ७ कदलीकि २१ वर्षिय कृष्णा गिरी, अविनाश भारती नामका एक युवकसंग फेसवुक प्रेममा परिन । वि. एड. दोस्रो वर्ष गोर्खा क्याम्पसमा अध्ययनरत गिरि फेसवुक च्याटको प्रेमबाटै काठमाडौं आईन् । आफन्तहरुका अनुसार प्रेमी अविनासले उनलाई कोठा र जागिर दुवै खोजिदिए । कडरीया ६ सर्लाहीका स्थायी वासिन्दा अविनाशले अस्थायी वसोवास रहेको किर्तिपुर टयाङलाफाँटमा कृष्णालाई आफै वस्ने घरको तल्लो तलामा वस्ने प्रवन्ध गरिदिए । केहि समय पछि उनीहरु एउटै कोठामा वस्न थाले । अविनाशले खोजिदिएको सुरज आर्केडको रिसेप्सनमा काम गर्थिन कृष्णा गिरि । कृष्णाका भाई किरण गिरिका अनुसार मृत्यु भएको भनिएको दुई घण्टा अघि कृष्णाले घरमा आमालाई फोन गरिन, सन्चो विसन्चो सोधिन् । त्यो साँझ ७ः२४ को समय थियो । आमाछोरी वीच राम्रो कुरा भयो । राती अचानक उनी झुण्डिएर मरेको खवर प्रहरीबाट आयो । प्रहरी देखि अस्पतालमाथि परिवारजनको आसंका मृतकका आफन्तले प्रहरीमाथि विषय तोडमोड गरेको आसंका गरेका छन् । अविनाश र मृतक कृष्णा दुईटैको मोवाईल प्रहरी कव्जामा छ । अविनाशको कोठा पनि प्रहरीले सिल गरेको छ । त्यहाँ कसैलाई हेर्न दिएको छैन । मृतकका आफन्तले भने झ्यालबाट हेर्दा कोठाभित्र वियर र रोयलस्टगका वोत्तलहरु छन् । त्यहि दिन अविनाशले सुरज आर्केडको म्यानेजरलाई फोन सम्पर्क गरि भोलिबाट कृष्णा काममा आउदिन हिसाव किताव गरिदिनु भनेको छ । अविनाशको कोठामा अरु दुई जना उसका साथी आएको प्रहरीले पनि थाह पायो । सामुहिक वलत्कार पछि हत्या हो कि भन्ने हाम्रो आसंका हो उनले भने । कृष्णालाई झुण्डिएर मरेको भनिएको छ । झुण्डिएर मरेको कसरी थाह पायौ भन्दा अविनाशले कोठा खुलै थियो भन्छन् । सवै अचम्म लाग्दो घटना भयो । मृतकका भाईले भने यदि झुण्डिएर मरेको हो भने अविनाशले प्रहरीलाई किन खवर गरेनन् ? लाश प्रहरीको जिम्मा लगाईनुपथ्र्यो उनले छुन हुँदैनथ्यो । घरबाट वाटोसम्म लाश आफै वोकेर एम्वुलेन्स वोलाई एम्वुलेन्समा राखि वयोधा अस्पताल पुर्याईयो । झुण्डिएर मरेको लाशलाई किन वयोधा अस्पताल पुर्याईयो ? अविनाशका दाई प्रहरीमा छन् उनले भने हामीमाथि शक्तिको दुरुपयोग भयो । झुण्डिएर मरेको जानकारी प्रहरीले गर्यो । प्रहरी आफैले लाश अस्पताल ल्याएपछि घटना थाह पाएको छ । झुण्डिएको भन्दै प्रहरीबाट एकतर्फि मुचुल्का भयो । मृतकका आफन्तले शिक्षण अस्पतालको पोष्टमार्टम अघि डेथ वडि हेर्न सम्म नपाएको वताएका छन् । तर शिक्षण अस्पतालको पोष्टमार्टमले कृष्णा झुण्डिएको देखाएको छ । झुण्डिएको हो वा झुण्ड्याइएको हो भन्ने रिपोर्ट आउन एक साता लाग्छ लाश जलाउनुस भनेर अस्पतालले भनेपछि अन्त्यष्टी गरियो मृतकका भाई किरण गिरिले एसियन समाचारलाई भने । रिपोर्ट यस्तै आयो भन्छन्, कोल्डस्टोरबाट लाश झिक्दा पनि नाकबाट आएको रगत जमेको थियो । शरिर सवै रगतले ढाकिएको थियो । खुट्टामा देखिएको चोटवारे सोध्दा अस्पतालले पुरानो घाऊ हो सन्चो हुन लागेको अवस्थामा थियो भन्यो । कृष्णाका अर्का दाई बिष्णु राम गिरीले हिजै देखि आफन्त र साथिभाईहरुसंग अविनाशको परिवार पहुँचवाला भएकाले प्रहरी तर्फ मिलाईसकेको र पोष्टमार्टमको रिपोर्टमाथि पनि संका गरेका थिए । विष्णुका अनुसार ‘अविनाशका आफन्तले गृहमन्त्री देखि सवैतिर भनसुन गरेपछि सुरुमा प्रहरीले उजुरी नै लिन मानेनन पछि प्रधानमन्त्री कार्यालयको फोन पछि मात्रै उजुरी लिइयो । झुण्डिएर मृत्यु भएपछि रगत आउँदैन भनेको सुनेका थियौं’ विष्णुले भने ‘तर शरिरमा रगतै रगत थियो । यस्तै आशंका र कानुनी प्रकृयाका वीच कृष्णाको अन्त्यष्टी भयो र अविनाश प्रहरी हिरासतमा छन्
Don't Forget To Join US Our Community