‘१७ गते कर्फ्यु लगाउ सरकार’ ! नत्र नाकाबन्दीको यादमा भारतीय राष्ट्रपतिमाथि ढुंगामुढा हुन सक्छ !
१२ कात्तिक, काठमाडौं ।
सरकारले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन आगामी कात्तिक १७ गते सार्वजनिक बिदा दिन गरेको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
निकटका छिमेकीप्रति सम्मान जनाउन त्यस्तो निर्णय गरेको सरकारले जनाएको छ। बिहीबार मन्त्रिषरिषदले भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
‘१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ, चीनका पनि राष्ट्रपति आउँदै हुनुहुन्छ। निकटत छिमेकीको, ठूला पाहुनाप्रति आत्मीयता देखाउन पनि खोजिएको हो’
-सुरेन्द्र कार्की, प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री
सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले भने, १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ, चीनका पनि राष्ट्रपति आउँदै हुनुहुन्छ। निकटत छिमेकीको, ठूला पाहुनाप्रति आत्मीयता देखाउन पनि खोजिएको हो।
आलोचना
तर सामाजिक सञ्जालमा सरकारको उक्त निर्णयको चर्को आलोचना भएको छ। एकजना अनुभवी पत्रकार सुशिल शर्मा नेपाली नेतृत्वलाई व्यंग्य गर्दै ट्वीटरमा लेख्छन् ‘नुनको सोझो चिताएँ ख्वामित्।’
केदार शर्मा फेसबुकमा लेख्छन् ‘छिमेकीका चरणमा एउटा सिङ्गो राष्ट्रिय दिनको बलि दिने अकर्मण्य आत्माहरू मुर्दावाद ।’
नारायण गाउँले चाहिँ अलि फरक रुपमा टिप्पणी गरेका छन् ‘उनकै देशका प्रान्तले त सार्वजनिक बिदा दिँदैनन्, नेपालले बिदा दिने भएछ। के नेपाली राष्ट्रपतिको भ्रमणमा भारत र चीनमा बिदा हुन्छ ?’
त्यस्तै ब्रिटेनस्थित नेपाली पत्रकार चिरन शर्मा लेख्छन् ‘बेलायतले पनि हाम्रो सिको गरे हुने नि विदेशी राष्ट्रपति आउँदा छुट्टि दिने चलन, वर्षैभरी बसेर खान पाइन्थ्यो प्रभुको लिला अचम्मको छ बा ।’
यसैगरी, सुरज हजारे दाहालले फेसबुकमा ‘१७ गते सार्वजनिक बिदा । बुधबार इन्डियाको राष्ट्रपति आउने भएर सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ मानौ नेपाल इन्डियाको एक प्रदेश हो … र मिडियाले यस्तो कुप्रचार गरेका छन् कि “प्रणब आउने भएपछि देशवासी उत्साहित, पोखरेली उत्साहित ।” के सडकको दुई छेउ बसेर नेपाल र इन्डियाको झण्डा फहराउन बिदा दिइएको हो !!’ लेखेका छन् ।
त्यस्तै पत्रकार सञ्जय मल्लले स्टाटस राखेका छन् ‘मम भित्र किमा हुन्छ, लम्पसार पर्नुको नि सिमा हुन्छ’
वातावरण पत्रकार कसमस विश्वकर्माले लेखे ‘ छिमेकी राष्ट्रपति आउंदा बाटो त पुरै बन्द नै जस्तो त होला नि, हिंडडुल पनि गार्है होला…तै पनि अधिकारिक छुट्टी त दिई हाल्नु नपर्ने है !
फ्रिलान्सर गनेस पाैडेलले भने यस्ताे पाेष्ट गरेः कुनै अमुक देशको राष्ट्रपती आउँदा सार्वजनिक विदा दिने नैतिकहलाल प्रधानमन्त्री मेरो देशमा छ भन्दा पनि घिन लागेर आउँछ । के विद्या भण्डारी भारत गइन भने भारतमा सार्वजनिक बिदा हुन्छ ? योभन्दा गतिछाडा हनुमानगिरी के हुन्छ ? ओ प्रचण्ड कामरेड, राजिनामा दे !
नयाँ शक्तिका साैगात पाेखरेल लेख्छन्ः मने निश्चित रुपमा माओबाद नभएर लम्पसारबाद रहने छ ।
संविधानवीद् भीमार्जुन अाचार्यका शब्द यस्ता छन्ः Government’s decision to give public holiday is shameful. It has undermined the nation’ independent status & peoples’ self-respect. धिक्कार छ प्रचण्ड सरकार ।।।।
बीबीसीका पत्रकार मेघराज रसाइलीले व्यंग्य गर्दै लेखेका छन् ‘
भारतका राष्ट्रपति नेपाल आउदा सार्वजनिक विदा दिएपछि कर्फ्यु लगाउनु बेस।
बिदाको बेला फुर्सदिला भएका नागरिकले नाकाबन्दीको यादमा ढुंगामुढा गर्न सक्छन्।’
पुरानै पञ्च मानसिकता
पञ्चायतकालमा राजा विदेश जाँदा र फर्किँदा बिदा दिने चलन थियो। विदेशी राष्ट्रप्रमुखबारे पनि त्यस्तै व्यवस्था थियो।
राजा रानी र मुमा बडामहारानीका जन्मदिनमा बिदा दिइन्थ्यो।
प्रजातन्त्र हुँदै राजतन्त्र मासेर गणतन्त्र स्थापना भइसक्दा पनि उच्च पदमा पुग्ने राजनीतिकर्मीको मानसिकता परिवर्तन हुन नसकेको भन्दै चौतर्फी आलोचना भएको छ।
बीबीसीकाे सहयाेगमा
Don't Forget To Join US Our Community