ज्योतिषीले भने -‘२०७५ मा नेपालमा अर्को शक्तिशाली भुकम्प आउने’, बीबीसीले गर्यो पुष्टी,केन्द्र विन्दु यहाँ
हुने ! १२ र २९ वैशाखको भूकम्पले थिलोथिलो बनेको नेपाली समाज अहिले पनि सानातिना पराकम्पनको सिका भइरहेका छन् । नेपालमा मात्र होइन, छिमेकी देशहरुमा आएका ठूलाठूला भूकम्पका खबरले पनि नेपाली जनमन आत्तिएको छ । त्यतिमात्र होइन, पुसको ठिहि¥याउँदो जाडोमा एक थान कम्बल पनि नपाएर शितको ओच्छ्यान बनाएर आकाशको सिरका ओढेका धेरै भूकम्पपीडितको ज्यानसमेत गयो यस्तो बेला नेपालमा फेरि ठूलो भूकम्प आउँछ भनेर जनजीवन त्रसित पार्ने काम भएको छ ।
नेपालमा १२ वैशाखको भन्दा पनि ठूलो भूकम्प आउने वैज्ञानिकहरुको छ चेतावनी छ । १२ वैशाखको भूकम्पको केही फल्ट अझै बाँकी रहेकाले काठमाडौँमा पहिले भन्दा धेरै क्षति हुने गरी भूकम्प आउने वैज्ञानिकहरुले बताएका हुन् । त्यस्तै, भूकम्प छिट्टै आउने समेत उनीहरुले बताए ।
बिबिसीले दिएको रिपोर्ट अनुसार, नेपालमा गत वैशाखमा गएको भूकम्पका सम्बन्धमा गरिएको पछिल्लो अध्ययनले यो क्षेत्र भविष्यमा पनि त्यस्तै प्रकृतिको भूकम्पको जोखिम छ । नेपालमा आठ हजार भन्दा बढीको ज्यान जाने गरी गएको ७.८ म्याग्निच्युडको भूकम्प, भारतीय प्लेटमध्ये एसियाली प्लेटमा धसिँदै जाने क्रममा उत्पन्न भएको हो, वैज्ञानिक भाषामा ‘टेक्टोनिक कोलिजन’ भनिने यसले हिमालय पर्वतमालाको दक्षिणी भेगमा जमिनका विशाल खण्ड एकआपसमा घर्षण हुने प्रक्रियाबाट नै ठूला कम्पन उत्पन्न गराउँछन् । ‘नेचर जिओसाइन्स’ जर्नलसँग कुरा गर्दै ती अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘त्यस्तो फल्ट लाइन कोण बनाएर रोकिएको भाग नै भविष्यमा हुने भूकम्पका स्रोत हुन सक्छन् ।’
कम्पन
ब्रिटेनको अक्सफर्ड विश्वविद्यालयका जन एलिअट र उनका सहकर्मीले युरोपको सेन्टिनल वान ए रेडार भूउपग्रह र अन्य अन्तरिक्ष यानबाट तस्बिरको प्रयोग गरेर, भूकम्पपछि यस क्षेत्रमा माथि उठ्न गएको भूभागको अनुसन्धान गरेका थिए ।
ती तस्बिरहरुले अनुसन्धानकर्ताहरुलाई जमिनमुनि निकै गहिराइको अवस्थाबारे अनुमान गर्न सहयोग पुर्याएका थिए । भूउपग्रहबाट प्राप्त तथ्यांकको आधारमा वैज्ञानिकहरुले गरेको यो नयाँ अनुसन्धानले जमिनको सतहभन्दा ११ किलोमिटरमुनि त्यस्तो स्थान पत्ता लगाएका छन्, जहाँ चट्टानहरुबीचका ‘फल्ट लाइन’ भनिने भूमिगत चिरा अचानक भिरालो कोण बनाएर रोकिएका छन् ।
वैज्ञानिकहरुका अनुसार जमिनमुनि बनेको त्यस्तो संरचनाको विभिन्न अर्थ हुन सक्छ । पहिलो त, त्यसबाट भूकम्पका बेला राजधानी काठमाडौँ वरपरको जमिनको सतह झण्डै एक मिटरले किन माथि उठ्न पुग्यो र उत्तरतर्फको पहाडी क्षेत्रको जमिन साठी सेन्टिमिटरले किन भासिन पुग्यो भन्ने प्रश्नको जवाफ प्राप्त भएको छ । दोस्रो, समयक्रममा हिमालहरुको उचाइ किन विस्तारै बढ्दै गएको छ भनेर बुझ्न सकिने एउटा उदाहरण प्राप्त हुन गएको छ । अनुसन्धान टोलीले एउटा यस्तो चक्रीय प्रक्रियाको अनुमान गरेको छ, जसअनुसार ठूलो भूकम्पका बेला जमिन भासिने र निष्क्रिय अवस्थामा हिमाल अग्लिने गर्छ । र, दीर्घकालमा अन्ततः हिमालहरुको उचाइ बढ्ने नै हुन्छ । हाल उच्च हिमालयहरुको उचाइ वर्षमा ४ मिलिमिटरका दरले बढिरहेको छ ।
तनाव
गत वैशाखमा गएका भूकम्प, जमिनमुनिको त्यस्तो भागमा भएको ठानिन्छ, जहाँको फल्ट लाइनमा त्यहाँ जम्मा भइरहेको तनाव मुक्त हुने कुनै गतिविधि लामो समयसम्म भएको थिएन । त्यस्तो भूकम्पीय चिराको पूर्वी क्षेत्रमा मात्रै २०७२ वैशाखको कम्पनले भूमिगत तनाव हटाउन सफल भएको देखिएको छ । जसको अर्थ पश्चिमी क्षेत्रमा भविष्यमा ठूलो भूकम्प जाने सम्भावना कायमै छ । दक्षिणी क्षेत्रमा पनि भूकम्पको जोखिम छ ।
पछिल्लो अनुसन्धानक्रममा प्राप्त तथ्यांकको विश्लेषण गर्दा, वैशाखमा गएको भूकम्पका बेला, जमिनमुनिको ‘फल्ट’ (चिरा) पुरै सतहसम्म आएर फुटेको अर्थात ‘रप्चर’‘ हुन पाएको छैन । त्यो फल्ट काठमाडौँको जमिनको सतहको झण्डै ११ किलोमिटरमुनि आएर एकाएक रोकिएको छ ।
काठमाडौँ
बिबिसीसँग कुरा गर्दै अक्सफर्ड विश्वविद्यालय अनुसन्धानकर्ता डा. एलिअटले भने, ‘काठमाडौँमुनि फल्टको आधा भाग अझै कायम छ, त्यो सतहभन्दा ११ किलोमिटर मुनि काठमाडौँको दक्षिणतर्फ गएको छ अनि अझै टुक्रिएको छैन।’
‘हाम्रो अनुमान के छ भने त्यो फल्ट एकाएक रोकिनुको कारण मुख्य फल्टमा क्षति पुग्न गयो र अन्य साना फल्टहरुसँग पनि त्यो मिसिन पुग्यो । तर यस्तो अवस्था अस्थायी हुन्छ,’ उनी थप्छन्, ‘त्यस्ता प्रकृतिका भूकम्पको समयावधि एक शताब्दीसम्मको हुने गर्छ तर अहिले जस्तो संरचना देखिएको छ, त्यो छोटो समयाअवधिमा नै सक्रिय हुनसक्छ । तर त्यस्तो कहिले हुन्छ भनेर हामी भन्न सक्दैनौँ, समय तोक्न सकिँदैन।’
अक्सफर्डका यी वैज्ञानिक भन्छन्, ‘हाल जमिनमुनि रोकिएको फल्ट (चिरा) टुक्रिएर एकै पटकमा सतहसम्म नै आइपुग्यो भने त्यसबाट गत वैशाखमा गएको जतिकै शक्तिको भूकम्प जानसक्छ । तर कम गहिराइमा त्यस्तो भूकम्प उत्पन्न हुने हुँदा त्यसको क्षति धेरै हुनसक्छ ।
२०७५ मा भूकम्पको योग
नौ महिना कट्दा पनि भूकम्पले कतिखेर मरिने भन्ने त्रासमा बाँचेका नेपालीहरुले सानातिना पराकम्पनको मार खेपेकै छन् । भूकम्प आएपछि नै चर्चामा रहेका युवा ज्योति सुनील सिटौलाले अहिले मिति नतोकेर आइरहेका भूकम्पका समाचारले जनजीवन मात्र त्रसित बनेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘जेजस्ता समाचार आए पनि तत्काल कुनै भूकम्पको योग छैन, तर २०७५ सालमा भने नेपालमा भूकम्प आउने योग छ ।’
ज्योतिष सिटौलाले फेसबुकमा सार्वजनिक गरेका सबै स्ट्याटसहरु भूकम्पसम्बन्धी नै छन् । उनले भनेका बेलामा भूकम्पका पराकम्पन गएका छन् । पछिल्लो समय काठमाडौँमा गएको सानो पराकम्पको अघिल्लो दिन उनले यस्तै स्ट्याटस लेखेका थिए । सिटौलाको स्ट्याटसमा कमेन्ट गर्नेहरुले भनेका छन्, ‘सूचनाका लागि धन्यवाद अनि तत्काल केही राहत महसुस भयो ।
Don't Forget To Join US Our Community