मलेसिया गएका श्रीमान उतै बिवाह गरि बसे पछि दुई बच्चा सहित शर्मिला को बिचल्ली ” सम्पूर्ण प्रमाण सहित “

धादिङ जिल्ला बेनिघाट गाबिस वडा नं ५ घर भई सोही गाबिस वडा नं ४ बस्ने राजन घले संग आज भन्दा करिब सात वर्ष अघि प्रेम बिवाह गरी २०६९/४/२१ मा बेनिघाट गाबीस बाट बिवाह दर्ता गरेकी शर्मिला उप्रेती अहिले दुई लालाबाला सहित कष्टकर जीवन बिताईरहेकी छिन्। दुई सन्तानको जन्म पश्चात् वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया हिडेका राजन घर परिवार संग पूर्णरूपमा सम्पर्क बिहिन भएपछि परिवारको बिचल्ली भएको छ। जीवन मलेसियाको शाहआलम स्थित कम्पनीमा कार्यरत रहेको भनिए पनि बिगत १८ महिना यता परिवार बाट पूरै टाढिएर बसेको शर्मिला भन्छिन्। श्रीमान ले पैसा पठाउनु त परै जाओस् फोन गर्दा समेत फोन काट्ने वा स्विच अफ गर्ने साथै सामाजिक संञ्जाल फेसबुक मा पनि ब्लक गरेको शर्मिलाको भनाई छ। राजनका साथि भाइ हरु संग बुझ्दा राजनले मलेसियामा नै बिवाह गरि बसेको थाहा पाए पछि शर्मिला अर्धपागल झै भई ती दुई सन्तान संग दिनचर्या काटिरहेकी छिन्। राम्रो खाने मीठो लाउने अनि सन्तानको भविस्य उज्ज्वल बनाउने सपना देखाएर विदेशीएको श्रीमानको एकाएक एस्तो प्रवृत्ति ले शर्मिला आफ्नै भाग्य लाई धिक्कार्दै बसिरहेकी छिन्। ती दुई बालबच्चा पाल्नकै लागि एउटा स्कुलमा पिउन बनेर मासिक २/४ हजार का लागि काम गरिरहेकी शर्मिला को दैनिकी रोएरै बितेको छ। धेरै पैसा कमाउने र सुखी राजन बिताउने सपना देखाएर बिदेशीएको वहाले कि त मलाई सम्बन्धविच्छेद गरि दिओस् ता कि हरेक दिन यो धोकाको पिडामा रोएर बाच्न नपरोस् कि भने यी अबोध दुई लालाबाला पाल्ने जिम्मा लियोस्। म एउटा नारिले जाबो २/४ हजारको जागिरले कसरी यी बालबालिका को भविष्य वनाउन सक्छु? शर्मिलाले रुदै भनिन।
Don't Forget To Join US Our Community