कलेज ड्रेस लगाएकी किशोरी आएर भन्छिन्, ‘दाई ७२ घण्टे दिनूस न’
करिब साताअघि कोटेश्वरस्थित एक औषधि पसलमा २०–२२ वर्षकी युवती आइन् । औषधि पसलेसँग सजिलै भनिन ‘दाई ईकोन दिनुस न ।’ पसलेले ईकोन झिकेर दिए । ‘अझै ४ वटा दिनुस न ?’ उनले थप मागिन् । त्यसपछि चकलेट झै एउटा त्यही खाइन् । बाँकी ब्यागमा हालेर बाटो लागिन् । नबुझ्नेहरुकालागि ‘इकोन’ कुनै हाजमोला जस्तो पाचक लाग्न सक्छ । तर यो औषधि गर्भनिरोधक हो । यसलाई ७२ घण्टे चक्की भनेर पनि बुझिन्छ । ती युवतीले ७२ घण्टे औषधि अनौठो नमानी सेवन गरेको देख्नेहरु ट्वाल्ल परे । एकले भने, ‘लाज पचेकी नकचरी ।’ अर्कोले थपे, ‘उसको पेशा नै त्यस्तै होला ।’ युवतीले इकोन खाँदा ‘देश खत्तम भइसकेछ’ भन्ने टिप्पणी पनि सुनियो । इकोन सेवनको अझै भित्रको कुरा खुलासा गर्दै औषधि बिक्रेताले भने, ‘हेर्दा सभ्य देखिन्छन् । तर कलेज÷स्कुलको पोशाकमै इकोन किन्न आउँछन् ।’ कोटेश्वरको कुरा मात्रै होइन । इकोन अविवाहित, किशोरी, युवतीहरुमाझ लोकप्रिय छ । यौनसम्पर्क गर्दा असुरक्षित गर्ने र पछि सुरक्षाकालागि इकोन सेवन गर्नेहरु धेरै छन् । औषधि पसलहरुमा गर्भनिरोधक औषधिहरु बढि बिक्री हुन्छन् । इकोन किशोरीहरुमाझ लोकप्रिय छ । इकोन कन्डम जस्तै कन्डम किन्न डाक्टरको पुर्जा चाहिँदैन । इकोन पनि त्यस्तै हो । यो औषधि बेच्नेले पनि कुनै रेकर्ड नराखी बेच्दा हुन्छ । नियमित सेवनकालागि भन्दा पनि आकस्मिक अवाञ्छित गर्भ रोक्न यसको प्रयोग हुनु पर्छ । सहजै किन्न पाइने, यौन सम्पर्कको बेला कन्डम प्रयोग गर्न झन्झट मान्नेहरुले इकोन रोज्ने गर्छन् । इकोनमा बिक्रेतालाई दोब्बर फाइदा हुन्छ । यो औषधि सेवनका कूप्रभाव पनि छन् । अधिकांश औषधि पसलमा गर्भनिरोधकहरु पाइन्छन् । बजारमा ईकोनबाहेक म्याक्स सेभेन्टी टु, अनवान्टेड, ई सेभेन्टी टु, पिल्स लगाएतका चक्कीहरुको बिक्री बढी हुने गर्छ । अति धेरै प्रयोग काठमाडौं, सिनामगंल,बानेश्वर र चाबहिलका बिभिन्न औषधि पसलहरुमा एकै महिलाले महिनामा ५ पटकसम आकस्मिक गर्भनिरोधक सेवन गरेको एक औषधि पसलेले जानकारी दिए । उनले भने, ‘सम्भवतः त्यो आफ्नै प्रयोगका लागि हो । अरुको लागि यस्ता वस्तु किन्न कोही पनि पसलसम्म पुग्दैन ।’ बानेश्वरमा औषधि पसल गर्दै आएका हरि बस्नेत भन्छन् ‘कतिपय युवतीहरुले आकस्मिक गर्भनिरोधक चक्कीलाई नियमित सेवन गर्ने निलोकन ह्वाइट जसरी प्रयोग गर्छन् । म त यसरी सेवन गर्न हुँदैन भन्छु, तर किन्ने केटीहरु धेरै कुरा गर्न खोज्दैनन ।’ कण्डमको तुलनामा दोब्बर बिक्री डाक्टरहरुका अनुसार गर्भनिरोधक चक्की भन्दा कण्डम कयौं गुणा सुरक्षित र भरपर्दो छ । कण्डमले यौनरोगबाट बचाउंँछ । साथै महिलाहरुको यौनाङ्गमा गर्भनिरोधक चक्कीले जस्तो नकारात्मक असर पनि पार्दैन । तर बिभिन्न फार्मेसीमा बिक्रिको रेकर्ड हेर्दा कण्डम भन्दा गर्भनिरोधक चक्ककीहरुको बिक्री तेब्बर देखिन्छ । काठमाण्डौका ठूला पसलमा दैनिक १५ देखि २० वटा गर्भनिरोधक चक्कीहरु बिक्छन । त्यसको तुलनामा कण्डम अत्यन्त कम अर्थात सरदरमा ५ देखि ७ वटासम्म बिक्छ । चाबहिलका एकफार्मेसी सञ्चालक नेत्र शर्मा भन्छन् ‘ ईसीपी चक्कीको ब्यापार एकनासाको छैन, कहिले बढी कहिले कम हुन्छ, तर बिदाको समय र शनिवार अत्यन्त धेरै जान्छ, दुई तीन बट्टा सकिएको रेकर्ड छ ।’ विद्यार्थी प्रयोगकर्ता धेरै आकस्मिक गर्भनिरोधक चक्की बिवाहिता महिला भन्दा किशोरीहरुले बढी प्रयोग गर्ने गरेको औषधि बिक्रेताको व्यवसायीको अनुभव छ । सिनामगंलमा फार्मेसी संचालन गर्दै आएकी सरस्वती केसी भन्छिन् ‘ विवाहित महिलाहरुलाई त चक्कीको आवश्यकता नै पर्दैन, कलेज ड्रेसमा नै किशोरी आएर किनेर लान्छन ।’ समूहमा हिड्ने किशोरी मध्ये कुनै एकले गर्भनिरोध औषधी किनेको छ भने केही दिनमा सोही समूहको अर्को किशोरीले गर्भनिरोधक औषधि किन्ने गरेको केसीले जानकारी दिइन् । के हो गर्भनिरोधक चक्की आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी हुँदैन । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को अनुसन्धानअनुसार ईमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । बिषेश गरि ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने र त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनको अध्ययनमा देखाइएको छ । आकस्मिक गर्भनिरोधक हर्मोनयुक्त खाने चक्की हो । औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाईसक्नुपर्ने हुन्छ । लिभोनोरजेस्ट्रेल १ दशमलव ५ मिलिग्रामको एक मात्रा बराबर खानुपर्ने डब्लुएचओले बताएको छ । त्यस्तै युलिप्रिस्टल ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओको गाइडलाइनमा उल्लेख गरेको छ । लिभोनोरजेस्ट्रेल लाई ० दशमलव ७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओको मापदण्डमा उल्लेख छ । कसरी काम गर्छ यो औषधीले आकस्मिक गर्भनिरोधक चक्कीले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । उक्त औषधीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ । जसले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गराएर गर्भ बस्न दिँदैन । जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ । डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न दिदैन । र, भु्रण समेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो । चक्कीको खतरा काठमाण्डौ मोडेल अस्पतालकी प्रमुख तथा प्रसुती रोग बिशेषज्ञ चन्दा कार्की भन्छिन ‘ इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स कुनै पनि हालतमा सुरक्षित र प्रभाबकारी साधन नै होईन । यसले गर्भ रोक्छ भन्ने ग्यारेन्टी छैन । यसको बढी प्रयोगले महिलाहरुलाई बिभिन्न रोग लाग्ने जोखिम हुन्छ ।’ उनका अनुसार इसिपी बारम्बार खाने चिज नै होईन । यस्को बढी प्रयोगले महिलाहरुलाई बांझोपन हुने, यौनजन्य रोग लाग्ने, रक्तश्राप हुने, गर्भ तुहिने, पाठेघरमा क्यान्सर हुने जस्ता गम्भीर समस्या देखिन सक्छ । ईसीपीको जथाभावी प्रयोगले किशोरीहरुमा बढी समस्या देखिने गरेको र उनीहरुले आत्महत्या समेत गरेका छन । गर्भ बसेको कारण कतिपय किशोरीहरुले त जोखिम मोलेर असुरक्षित गर्भपतन समेत गराएका छन ।’ प्रस्तुतिः सागर बुढाथोकी
Don't Forget To Join US Our Community