शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति - See more
आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी चलिरहेको थियो । अचानक एक युवति रुँदै कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि राखिएको शवलाई अंगालो हालिन् । भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ? मलाई पनि संगै लैजाऊ ”यस्तै विलौना गर्दै युवति चिच्याई रहेकी थिइन् । केही क्षणमा उनी त्यही अचेत बनिन ।
दुर्घटनामा परी मृत्यु भएका महेश बिक
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो । महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो ।
दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) विच ३ वर्ष देखि यता झाँगिएको प्रेमलाई लगनगाठोमा कस्ने उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो ।
फूलमाला गर्ने दिन दागवत्ति दिनुपर्यो
इलाम नगरपालिका ४ घर भई केराबारी १ मा पाथीभरा सुनचाँदी पसलमा काम गर्दै आएका महेश विकको वास्तविकतासंग जोडिएको यो कथा यतिमा मात्रै सिमित रहेन । महेशका घरमा तिनै युवतिलाई (बेहुली) भित्रयाउने अन्तिम तयारी थियो । आफनो बावुको मृत्यु भएको र आमाले दोश्रो विवाह गरी गएका कारण सन्ध्यालाई आफनो घरमा लाने कि कोठामा भित्रयाउने सल्लाह गर्न आफनो काकालाई खोर्सानेबाट लिएर आउदै थिए महेश ।
३ वर्ष अघिदेखि एकापसमा प्रेम गर्दै आएका सन्ध्या र महेशको प्रेमलाई विवाहमा परिणत गर्न फूलमाला गर्ने अन्तिम तयारी थियो । महेशले आफू वस्दै आएको केरावारी स्थित आफनो कोठामा साज सज्जा गरेका थिए । आफनी प्रेमिकालाई वेहुली वनाएर भित्रयाउने उनको रहर थियो । कोठा सरसजावट गरी फर्निचरको व्यवस्था समेत गरेका थिए । बिडम्वना जीवन संगिनी भित्रयाउँन आतुर देखिएका आफनो प्रेमीको मृत्युको खवरले स्तब्ध भएकी उनकी प्रेमिका दागवत्ति दिन आइपुग्दा मलामीहरु स्तब्ध मात्र बनेन् त्यहाका वातावरण नै शोकमग्न वन्नपुग्यो ।
सवै कुराकानी भैसकेकाले युवतिलाई फूलमाला गर्ने दिन मंसिर १३ कुरेर वसेका थिए सन्ध्याका परिवार । सन्ध्यालाई घरमा भित्रयाएर वैवाहिक जीवन सूरु गर्ने महेशको चाहना कल्पना भन्दा फरक रहेन । कल्पना सपना नै भयो यही कथाको पेरीफेरीमा उनका आफन्त र परिवार शोकमा डुबेका छन् । के सोचेका थिए के भयो महेशका दिदी उर्मिला सेञ्चुरीले बताइन् । महेश विकको परिवार यस्तै विलौना गरिरहेका छन् ।
सादा जीवन, मिलनसार र इमान्दार व्यत्तिको रुपमा परिचय बनाएका महेशले आफना साथीभाईहरुलाई भन्ने गर्थे जीवनको सवै खुशी त्यति बेला पुरा हुन्छ । जुन बेला मेरो घरमा लक्ष्मीको प्रवेश हुन्छ । तर उनले आफनो गृहलक्ष्मी भित्रयाउन त पाएनन पाएनन आफनै काका समेत घाइते भएर जीवन मरणको दोसाधमा रहेकाले विक परिवार पिडित बनेका छन् । घाइतेको शिघ्रस्वास्थ्यलाभको कामना महेशको आत्माले शान्ति पावस अलविदा महेश ।
Don't Forget To Join US Our Community