१२ बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे
काठमाडौं: सरकारसँगको १२ बुँदे सहमति पछि डा. गोविन्द केसीले अनशन तोडेका छन् । २२ दिनदेखि अनशनरत केसीले भूकम्पमा परेका साढे दुई वर्षका बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।
आइओएमको डिन नियुक्ति बरिष्ठताका आधारमा हुनुपर्ने लगायतका १० बुँदे माग राखेरे अनशन सुरु गरेका थिए ।
चिकित्साशिक्षा र स्वास्थ्यसेवाको गुणस्तरका लागि लगातार लड्दै आएको बताउने डा. केसीले लामो समयदेखि साथ दिँदै आएका सहकर्मी डा. केपी सिंह चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त हुँदा अस्वीकार गरेका थिए । डा. सिंहको राजीनामाका विषयलाई लिएर सरकार र केसी पक्षबीच एक सातादेखि जारी वार्ता असफल भएको थियो ।
त्रिविले २१ दिनअघि संस्थानको डिनमा नियुक्त गरेको डा. सिंहलाई राजीनामा दिन लगाएर केसीको मागबमोजिम डा. अग्रवाललाई उक्त पदमा नियुक्त गरेको हो । डा. केसीले विगत चार वर्षमा १० पटक अनशनमा बसेका हुन् । शनिबार डा. केसीको माग पूरा गर्न दबाब दिँदै राजधानीमा प्रदर्शन गरिएको थियो । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।
Don't Forget To Join US Our Community