आर्यनसँग किन हङकङ पुगिन् नम्रता ?



बास्तविक जीवनमा पनि आर्यन र नम्रता निकै मिल्छन् । यी दुइले ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक’ जस्ता सफल चलचित्र दिइसकेका छन् ।
आर्यन र नम्रताको जोडी अहिले हङकङ पुगेको छ । हङकङ पुग्नुको मुख्य कारण हो, चलचित्र ‘क्लासिक’को शो ।

खुशी गुरुङ र सन्तोष गुरुङले जुलाई १० तारिख अर्थात आइतबार आयोजना गरेको चलचित्रको विशेष शोमा सहभागी हुन यो जोडी हङकङ पुगेको हो । आर्यनले एक सातापछि आफूहरु फर्किने जानकारी दिए
चलचित्रको शोमा दर्शकको सहभागीता उत्साहजनक रहेको आर्यनले बताए । हङकङमै रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई पनि शोमा सहभागी थिए । दिनेश राउतको निर्देशनमा सुवास गिरीले निर्माण गरेको यो चलचित्रले नेपालमा पनि तारिफ पाएको थियो । चलचित्रबाट नायिका नम्रता श्रेष्ठले गतसाता २ वटा अवार्ड जितेकी थिइन् ।



Don't Forget To Join US Our Community