
इटहरीः कोसीब्यारेज नै नाघ्ने गरी यसरी बाढी उर्लिएपछि सप्तकोसी आसपासको क्षेत्रमा त्रास बढेको छ।निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा लगातार बर्षा नरोकिएपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो ।
मंगलबार बिहान १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा प्रतिसेकेण्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । पानीको बहाव बढेपछि कोसी व्यारेजका ५६ ढोका मध्य ३५ ढोका खुल्ला गरिएको छ । सामान्यतया सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्यसेक पानीको बहाव नाघेपछी खतरा मानिन्छ।
सप्तकोसीमा पानीको बहाव उच्च हुदा समेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछी कोसी व्यारेजको दुबै तर्फ खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
२०६५ साल भदौ २ गते सप्तकोसीको पूर्वी तटबन्ध भत्काएर कटान गर्दा कोसीमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक थियो ।