राप्ती नदी खतराभन्दा माथि, खतराको साइरन बजाइयो


श्रावण ११, २०७३- लगातारको वर्षाले राप्ती नदीमा आएको बाढी खतराभन्दा माथि पुगेपछि सुरक्षा सर्तकताका लागि साइरन बजाइएको छ ।

कुशुमस्थित बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाका अनुसार राप्ती नदीको बाढी ५ दशम्लब २० सेन्टमिटर पुगिसकेको र बढ्ने क्रम जारी छ ।

बाढी बढ्दै गएपछि राप्ती आसपासका क्षेत्रमा सुरक्षा सर्तकताका लागि साइरन बजाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी बखतबहादुर मल्लले बताए ।

कुशुमबाट डुबान क्षेत्रमा बाढी पुग्न ६ घण्टा समय लाग्छ । त्यसैले सर्तकताका लागि साइरन बजाइएको हो । राप्ती नदीका आउने बाढीका कारण आसपासका दर्जन बढी गाउँहरु डुबान, कटान र पटानमा पर्दै आएका छन् ।


प्रकाशित: श्रावण ११, २०७३



Don't Forget To Join US Our Community