सरकारले विश्वास गुमायो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस

२८ असार, काठमाडौं । नेपाली कांग्रेसले सरकार अल्पमतमा परिसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने बताएको छ ।
बालकृष्ण खाँड
तर, माओवादीले दाबी गरे जस्तो उसका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न पत्र नदिएको कांग्रेस नेताहरुले बताएका छन् ।
सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘हामीले उहाँहरु(माओवादी)लाई सरकार छाड्नुस्, त्यसपछि मात्र सम्वाद गरौंला भनेका थियौं, अब कुरा हुन्छ ।’
तर, सत्तारुढ प्रमुख घटक माओवादीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत गुमाएको कांग्रेसको निष्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने बरु संसदको सामना गर्ने संकेत गरेका छन् ।
Don't Forget To Join US Our Community