बिकिनी फिटनेस

‘यात्रा सजिलो थिएन तर परिवार अनि सबैको साथले म यहाँसम्म आइपुगें,’ ५ सय पाउन्ड र ट्रफी पुरस्कारस्वरूप लिँदै कविताले खुसी साटिन्। उनले अन्य महिलालाई पनि यस्ता प्रतियोगितामा भाग लिन प्रेरित गरेकी छन्।
फस्ट र सेकेन्ड रनरअप भए सविता पुन र सुमी गुरुङ। बेलायतको स्विन्डन निवासी कविता र सविता जुम्ल्याहा हुन्। अनिता लिम्बू चौथो भइन्।
सामुयल कोडी स्पोर्टस् सेन्टर, फार्नबोरोमा एकै दिन अन्य दुई क्याटेगोरीमा पनि प्रतिस्पर्धा भएको थियो। ४० वर्ष नाघेकाबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई पहिलो, ५५ वर्षीय उमेशकुमार पुन दोस्रो र ४५ वर्षीय गंगाबहादुर गौचन तेस्रो भए। ओभर अल क्याटेगोरीमा विनर बने लाल (रचित) कुँवर। मिस्टर यूके नेपाल कुँवरले एक हजार पाउन्ड र ट्रफी प्राप्त गरे। त्यस्तै, दोस्रो प्रणय गुरुङ र तेस्रो स्थान लिए विनोद अकाउलियाले।
अध्यक्ष भीम (महेन्द्र) गुरुङले बडी बिल्डरहरूलाई अवसर दिन र राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन उत्प्रेरित गराउन प्रतियोगिता गरिएको जानकारी दिए। प्रतियोगिताका लागि नेपालबाट आएका मिस्टर नेपाल सानु गुरुङ प्रमुख प्रशिक्षक र किशोर गुरुङ एवं गंगा गुरुङ सहायक प्रशिक्षकको भूमिकामा थिए।
Don't Forget To Join US Our Community