सेलेनालाई सर्वाधिक लाइक



श्रावण २, २०७३- इ न्स्टाग्राम क्वीन गायिका सेलेना गोमेजले हालै उक्त सोसल नेटवर्कमा सर्वाधिक लाइक पाउने कीर्तिमान राखेकी छन् । कोकाकोला पिउँदै गरेको आफ्नै फोटो इन्टाग्राममा पोस्ट गरेकी सेलेनाले ४४ लाखभन्दा बढी लाइक्स पाएकी छन् ।

९० लाखभन्दा बढी फलोअर्स रहेकी सेलेनाले दुई साताकै अवधिमा यति धेरै प्रतिक्रिया बटुलेकी थिइन् । उक्त फोटोमा एक लाख बढी कमेन्ट पनि गरिएका छन् । यसअघि पनि उनै फिचरिङ अर्को फोटोले बढी लाइक पाउने रेकर्ड राखेको थियो । तर रातो टप्समा सुन्दर देखिएकी सेलेनाले स्ट्रले कोक पिउँदै गरेको फोटोले अघिल्लो रेकर्ड ७ लाख बढीले तोड्दै अघि बढेको हो ।

कोक बोटलमा सेलेनाकै गीत ‘मी एन्ड द रिदम’ को एक लाइन प्रिन्टेड देखिन्छ । त्यसैले पनि फोटोको क्याप्सनमा २३ वर्षीया गायिकाले लेखेकी छन्, ‘जब तिम्रो आफ्नै लिरिक्स बोटलमा छ भने ।’ कोकले यतिबेला संगीतको सहारामा नयाँ विज्ञापन अभियान चलाइरहेका बेला सेलेनाको फोटो भाइरल बनेको हो ।

यसअघि बढी लाइक पाउने फोटो भने गायक जस्टिन बिबरको अकाउन्टबाट पोस्ट भएको थियो । सेलेनाका पूर्वप्रेमी जस्टिनले रिलेसनसिपमा रहँदा सेलेनासँग चुम्बन गर्दै गरेको फोटो पोस्ट गरेका थिए । जसमा ३७ लाख बढी लाइक गरिएको थियो । त्यसो त इन्स्टाग्राममा प्राय: फोटोमा धेरै लाइक र कमेन्ट पाइरहने सेलिब्रेटीमा गायिका केन्डल जेनर पनि अगाडि आउँछिन् ।




Don't Forget To Join US Our Community