कस्तो छ संसद्को गणित

काठमाडौं: संसद्मा अहिले ३० दल र एक स्वतन्त्र गरी पाँच सय ९४ जना सांसद छन् । बुधबारसम्म उनीहरू एमाले वा माओवादी कसको पक्षमा उभिनेछन् भन्ने स्पष्ट भइसक्नेछ ।
कांग्रेसका २ सय ७ जना सांसद छन् भने एमालेका एक सय ८२ । माओवादी केन्द्रका ८२, राप्रपा नेपालका २५, संघीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, तराईमधेस लोकतान्त्रिक पार्टीका ११ सांसद छन् ।
सद्भावना पार्टीका ६, मालेका ५, नेमकिपाका ४, तराईमधेस सद्भावना पार्टीका ३, राष्ट्रिय जनमोर्चा नेपालका ३, नेकपा (संयुक्त) का ३, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३ सांसद छन् । नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी र थरुहट तराई पार्टीका २–२ जना तथा बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाः पार्टी, नेपाल सद्भावना पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेसी समता पार्टी, दलित जनजाति पार्टी नेपालका १–१ सांसद छन् । एकजना भने स्वतन्त्र सांसद छन् ।
संसद्मा रहेका ३० दलमध्ये कांग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्ने भएकाले दाहालसँग २८९ र वर्तमान गठबन्धनमा सहभागी माओवादी केन्द्रबाहेक अन्य दलले मंगलबार रातिसम्म सरकारबारेमा कुनै निर्णय गरिनसकेको हुँदा ओलीका पक्षमा करिब अढाइ सय मत रहेको हुँदा उनीसँग स्पष्ट बहुमत देखिँदैन ।
Don't Forget To Join US Our Community