राष्ट्रिय सहमति नै अहिलेको आवश्यक: पूर्वप्रधानमन्त्री झलनाथ खनाल



श्रावण ९, २०७३- पूर्व प्रधानमन्त्री एवै नकपा एमालेका नेता झलनाथ खनालेले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनको लागि सबै दलहरुबीच एकता हुनु जरुरी भएकोले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

शुक्रबार संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि जारी छलफलमा उनले नेपाल विगत लामो समयदेखि लामो राजनीतिक अस्थिरता रहेकोले यस्तो अस्थिरतालाई स्थिरतामा बदल्न सहमति नै आवश्यक रहेको बताए ।

उनले अस्थिरताको भूमरीतिर राष्ट्र गयो देश दुर्घटनामा पर्ने बताए । भने, 'स्थिरता दिन सबै सतर्क हुन जरुरी छ।'

उनले संविधानले आगामी २०७४ माघ ७ गतेसम्मभित्रमा ५ वटा चुनाव गर्नुपर्ने तर समय छोटो भएकोले सहमतिको आवश्यकता नै भएको बताए । उनले संसदमा बोल्दै भने, 'हामीले संघीयत घोषणा गरिसकेका छौं । त्यसलाई सफल पार्न आवश्यक छ ।'

खनालले भने, 'संविधानमा संघीयताको घोषणा गरिएको तर त्यसको संरचना अहिलेसम्म बनाएका छैनौं ।'

उनले देश विकासको लागि पनि राष्ट्रिय सहमति नै आवश्यक रहेको बताएका छन् । । राष्ट्रिय शक्तिहरु नमिलेसम्म राष्ट्रिय समस्या समाधान हुने बताए । उनले भने, 'हामी जबसम्म मिल्दैनौं । हामीले पर्यटन उद्योगधन्दा लगायतका हुनै पनि क्षेत्रको विकास हुन सक्दैन ।'

यसैगरी उनले सरकार परिवर्तन स्वभाविक प्रक्रिय भएको बताए । नेकपा एमालेले पनि यो अविश्वासको प्रस्तावलाई पनि एउटा स्वभाविक प्रक्रियाको रुपमा लिएर अगाडि बढ्ने बताए । अब नयाँ सरकार बन्ने र यसमा जटिलता नभएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको बजेट राम्रो भएको तर त्यसमा आस्रित विधेयक पारित हुन नदिनुचाहिँ राम्रो नभएको बताएका छन् ।




Don't Forget To Join US Our Community