अविश्वास प्रस्तावको सामना गर्ने एमालेको निर्णय

३० असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएको अविश्वासको प्रस्तावको सामना गर्ने भएको छ ।
नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावविरुद्ध सामना गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
उनका अनुसार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भयाङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताए ।
प्रमुख सचेतक ढकालका अनुसार प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राखेका छन् ।
Don't Forget To Join US Our Community