डेसच्याम्प प्रशिक्षकमा कायमै रहने

फ्रान्समै भएको विश्वकपमा टिम विजयी रहँदा कप्तान रहेका ४७ वर्षीय डेसच्याम्पको प्रशिक्षकको अनुबन्ध रुसमा हुने सन् २०१८ को विश्वकपसम्म कायम रहेको छ ।
‘मेरो अनुबन्ध त्यतिसम्मका लागि छ र म आफ्नो विकल्पबारे सोच्ने पक्षमा छैन,’ उनले भने, ‘सबैभन्दा पहिला हामी कसरी फाइनलमा पराजित रह्यौं भन्ने विश्लेषण आवश्यक छ । अब खेलाडी क्लब फुटबलमा व्यस्त हुनेछन् । म योजना बुन्नमा तल्लीन हुनेछु । अबको दुई वर्षमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’
उनले आफ्ना खेलाडी हारमा निराश भएपछि नयाँ पुस्ताका फ्रान्सेली खेलाडीबाट धेरै आस गर्न सकिने बताए । उनले प्रतियोगितामा सर्वाधिक गोल गर्ने एन्टोनी ग्रिजम्यानसँगै अन्य खेलाडीको प्रदर्शनमा सुधार हुने विश्वास पनि पोखे । ‘दुई वर्ष अगाडिको स्थिति तुलना गर्ने हो भने अहिले राम्रो भएको छ । त्यस विश्वकपको खराब प्रदर्शनपछि अहिले हामी युरोको फाइनल पुगेका छौं । हाम्रा खेलाडीले युरोमा जसरी खेल खेले, त्यसमा मलाई गर्व छ ।’
Don't Forget To Join US Our Community