ओली सरकारका पक्षमा नारायणकाजीका पाँच तर्क

असार २८, २०७३- माओवादी केन्द्रको दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन् ।
उनले निर्णय अपारदर्शी ढंगले भएको भन्दै पार्टीभित्र असन्तुष्टिसमेत राखेका छन् । 'यो खबर मैले मिडियाबाट थाहा पाएको हुँ, त्यसपछि पार्टी अध्यक्षले फोन गर्नुभयो,' श्रेष्ठले कान्तिपुरसँग भने, 'मेरा केही कुराहरु छन्, तर पार्टीभित्रै राख्छु ।' श्रेष्ठले उनी किन असन्तुष्ट भएका हुन् भन्नेबारे थप बोल्न चाहेनन् । पार्टीको बेठकमा असहमति राख्ने तयारी गरेका छन् ।
उच्च स्रोतका अनुसार सोमबारको हेडक्वार्टर बैठकमा श्रेष्ठले ओली नेतृत्वको सरकार कायम राख्नुका पाँच कारण राखेका थिए । उनले ओली सरकार ढलेमा वामपन्थी एकता भत्कने, देश बहुमतीय खेलमा फेरि लाग्ने हुदा अस्थिरता आउने, प्रगतिशील बजेट कार्यान्वयन नहुने र चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणबाट दुई देशीय सम्बन्धमा हुन लागेको विकास अवरुद्ध हुन सक्ने खतरा औंल्याएका थिए ।
'कतिपय साथीहरुलाई माओवादीले एमालेसँग राखेका माग पूरा हुने पो हुन् कि भन्ने चिन्ता भएजस्तो छ,' श्रेष्ठले बैठकमा व्यंग्य गरेका थिए, 'वाम एकता भत्कन दिनुहुदैन, यो संसारमै उदाहरणीय छ ।'
Don't Forget To Join US Our Community