सत्तारुढ पार्टीको ठहर, ‘माओवादी निर्णय दुर्भाग्यपूर्ण’


असार २८, २०७३- सत्तारुढ पार्टीले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णय घातक र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले माओवादी निर्णयले संविधान कार्यान्वयनमा थप जटिलता थपिएको निष्कर्ष निकालेको छ । गठबन्धन भत्काएर देशलाई अनिश्चयतर्फ धकेलेको भन्दै बैठकले निन्दा गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पार्टीहरुसँग छलफल नगरी समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । ‘माओवादीको निर्णयले देशका लागि अहित र अनुचित छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘संविधान कार्यान्वयनमा असहजता उत्पन्न गराएको छ ।’

उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले आफू अन्तिम समयसम्म ओली सरकारको पक्षमा उभिने बताए । ‘मैले ०४६ साल पछाडि धेरै प्रधानमन्त्रीसँग काम गरेको छु, तर कसैलाई धोका दिएको छैन,’ उनले भने, ‘आईएमविथ केपी ओली ।’

उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी निर्णयबारे सत्तारुढ पार्टीले तत्कालै ‘रियाक्ट’ गर्न नहुने बताए । ‘हठात् निर्णय कुनै मानेमा सही छैन,’ उनले भने ।

सत्तारुढ नेताहरुले सबै विकल्पमा छलफल गर्न र राजीनामा नदिन सुझाव दिएका


Don't Forget To Join US Our Community