दाउरा लिन गएकी युवतीलाई खोलाले बगायो


दमौलीः सेतीले बगाएको दाउरा लिन गएकी एक युवतीलाई नदीले बगाएको छ। व्यास १० देउरालीनगरमा बस्दै आएकी भिरकोट २ निवासी दीपिसा बिकलाई शुक्रबार बिहान नदीले बगाएको हो।

एक्लै देउराली नगरमा बसेर अध्ययन गर्दै आएकी बिक खाना पकाउने दाउरा संकलनका लागि नदीमा गएकी थिइन्। नदीको बाढीले बगाएर ल्याएको दाउरा झिक्न खोज्ने क्रममा उनलाई सेतीले बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

बगाएलगत्तै खोजी तीब्र पारिए पनि उनको पत्तो लागेको छैन। सोंडे पुलदेखि घुमाउने घाटसम्म युवतीको खोजी भैरहेको प्रहरीले जनाएको छ।


Don't Forget To Join US Our Community