१३ बर्षीय बालिकालाइ हातखुट्टा बाधेर रातभर बलात्कार दुखद समाचार ...

२७ साउन, काठमाडौ ।
रौतहटमा एक युवकले १३ बर्षीय किशोरीलाई हात खुट्टा बाधेर बलात्कार गरेका छन । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी बालिकालाई गाउँकै छतौना टोलका १८ वर्षीय राजेश महराले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हो ।
मंगलबार साँझ घास काटन गएकी बालिकालाई कोही नभएको मौका छोपेर महराले जबरजस्ती बलात्कार गरेको पीडितले प्रहरीलाई बताइकी छन । घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए ।
खोजिगर्दै जाने क्रममा बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो । होस आएपछि बालिकाले आफुलाई महराले हात–खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि भागेको बताएकी छन ।
पीडितको उजुरीका आधारमा प्रहरी राजेश महराको खोजी गरिरहेको छ । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा गौरमा स्वास्थ्य परिक्षणका लागि गलिएको छ ।
Don't Forget To Join US Our Community