~-असुरक्षित यौन व्यवहारबाट सर्ने खतरनाक यौनरोग सिफिलिस..!! जानी राखौ


यो रोगको जीवाणु सर्बप्रथम१९०५ मा युरोप साउदिन तथा हाफमान भन्ने बैज्ञानिकले पत्ता लगाएका हुन यो समस्या एउटा यस्तो समस्या हो जसले शरीरको एक ठाउँबाट सुरु भई अर्को ठाउँसम्म जस्तै मुटु , कलेजो तथा मस्तिष्कलाई समेत असर पार्दछ र घातक रुप लिन्छ यसले । सिफिलिसको जीवाणु जब यौन व्यवहार वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्छ तब ट्रपोनेमा पालिडियमको संक्रमण हुन्छ तब मानिसमा सिफिलिसको समस्या देखा पर्दछ । यो रोगलाई सियो बनेर पस्ने मुसल बनेर निस्कने रोगको रुपमा पनि लिने गरिन्छ । यस्तो भन्नुको मतलब सुरुमा सामान्य लक्षण बनेर प्रवेश गरेको जीवाणुले पछि गएर मुख्य अंगहरुमा जटिलता उत्पन्न गराउँछ ।


वास्तवमा भन्ने हो भने हाम्रो समाजमा यौन रोग भनेपछि घृणाको दृष्टिकोणले हेर्ने, प्रचलनले गर्दा यो रोगको संक्रमण झनपछि झन विकाराल रुपमा बढन थालेको हो । यो समस्या हाम्रो देश नेपालमा मा मात्र होइन अन्य विकसित र अल्पविकसित मुलुकहरुको हकमा पनि यो समस्या टट्कारो रुपमा रहेको छ । यो रोगलाई समयमै ध्यान दिन सकेको खण्डमा लाज मानेर रोगका अझ नपालेर समयमा सम्बन्धित चिकित्सकहरुको सल्लाह अनुसार उपचार पद्धति अपनाउन सके यसको नियन्त्रण धेरै हदसम्म गर्न सकिने कुरा दुइमत । रहेको अनुसन्धान कर्ताहरु बताउँछन ।

सिफिलिस रोग जसलाई पनि हुनसक्छ यो रोगका जीवाणुहरु शरीरमा प्रवेश गरिसकेपछि यसले जो सुकैलाई पनि संक्रमण गर्न सक्छ । यो रोगले नत धनी भन्छ, नत गरिब, न सानो उमेर न ठूलो उमेर जो सुकैलाई पनि यसको संक्रमण हुन सक्छ । यो रोग बिशेष गरी असुरक्षित यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा सर्न सक्छ भने यो रो सर्ने अन्यकारणहरु पनि हुनसक्छन् । सिफिलिस खास गरेर सिपरिल्ला जातिको जीवाणु हो जसलाई स्पिरोचटा पेलिडा वा ट्रेपोनेमा पालिडम भनिन्छ ।

यसको संक्रमण भएपछि मानिसमा समस्या सुरु हुन थाल्छ । यसको जीवाणुलाई मानिसको नाङ्गो आँखाले देख्न नसकिने हुँदा माइक्रोस्कोपको सहायताले हेर्न सकिन्छ । यसरी हेर्दा यसको आकार सर्पजस्तो बाङ्गोटिङ्गो आकारको शरीरमा ६ देखि १२ मोडसम्म देखिन्छ । यो रोगका जीवाणुहरु मानिसको शरीरमा धेरै दिनसम्म बाँच्न सक्छन् र बाहिर धेरै समयसम्म बाँच्न सक्दैनन् । धेरै चिसो वा धेरै तातो समयमा यी जीवाणुहरु मर्दछन् । यसका जीवाणु एउटा रोगी व्यक्तिबाट अर्को रोगी व्यक्तिमा विभिन्न माध्यमबाट सर्ने गर्छ । जसलाई निम्न अनुसार तल उल्लेख गरिएको छ 


Don't Forget To Join US Our Community