दाहाललाई बाबुराम भट्टराईको बधाई


श्रावण १९, २०७३- नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बधाई दिएका छन् ।

दाहाल प्रधानमन्त्री निर्वाचित भएलगत्तै ट्विट गर्दै उनले बधाई दिएका हुन् । भट्टराईले १० महिनाअघि तत्कालिन एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल पार्टी गठन गरेका थिए ।

माओवादीका तत्कालिन उपाध्यक्ष भट्टराई पनि प्रधानमन्त्री भइसकेका छन् । दाहालसँगै भट्टराईले जनयुद्ध हुँदै लामो राजनीतिक यात्रा गरेका थिए ।

प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार दाहाल ३६३ मत पाउँदै निर्वाचित भएका थिए ।



Don't Forget To Join US Our Community