मेलको नर्सिङचोकमा आगलागी, ८० लाख क्षति


काठमाडौ,२३ साउन ।
काठमाडौंको ठमेलस्थित नर्सिङचोकमा आगलागी भएको छ । नर्सिङ चोकस्थित कवि दुर्गालाल श्रेष्ठका छोरा सुरज श्रेष्ठको घरमा आगलागी भएको हो । श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०-८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् । बिहान पौने १० बजेतिर लागेको आगो ४ वटा जुद्धवारुण यन्त्रका दमकल,नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानिय बासिन्दाले आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए । समयमै प्रहरी र दमकल पुगेकाले धेरै क्षति पाएन ।


Don't Forget To Join US Our Community