महिला र पुरुषबीच चाहिने पाकक्रीडा योनी मा लिग पसाउनु मात्र होईन हामीले जान्नै पर्ने''''''''''''


दम्पती वा पार्टनरबीचको आपसी सहयोगले मात्र दुवै जनाले अधिकतम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सफल यौन केवल यौनांगहरूको मिलन मात्र होइन । सफल यौनकार्य पूर्व तनावरहित वातावरणका साथै दुवैको मन प्रफुल्लित हुनुपर्छ । हतारमा यौनसम्पर्क राख्दा वीर्य स्खलन लगत्तै पुरुषलाई सन्तुष्टि भएपनि महिलालाई नहुन सक्छ । त्यसैले अत्यधिक यौन सन्तुष्टिमा पाक क्रीडाको आफ्नै महत्व छ ।
लिंग–योनि सम्पर्क अघि यौन सम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार पार्न तथा यौन उत्तेजनामा ल्याउन एक–आपसमा गरिने क्रियाकलापलाई नै पाकक्रीडा भनिन्छ । निश्चित रुपमा महिला र पुरुषबीच यौन चक्रमा फरक छ । पुरुषको दाँजोमा महिलालाई चरम सन्तुष्टिमा पुग्न लामो समय लाग्छ । पाक क्रीडाले महिला पुरुष दुवैलाई अधिक सन्तुष्टि प्राप्त गर्न मद्दत गर्छ । महिलाले एउटै चक्रमा पनि पटक–पटक चरम सुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा वीर्य स्खलनसँगै लिंगमा शिथिलता देखापर्छ र त्यो पुन:उत्तेजनामा आउन समय लाग्छ ।

सफल यौन क्रियाका लागि पर्याप्त समय दिनुका साथै गोप्यताको अनुभूति एवं तनावरहित वातावरण हुनुपर्छ । पाक्क्रीडाका क्रममा दम्पती दुवैले लिंगबाहेक शरीरका अन्य अंगपनि यौनका दृष्टिले संवेदनशील छन् भन्ने बुझ्नुपर्छ । संवेदनशील यौनांगको स्पर्शले मात्र होइन, दम्पतीबीच ख्याल ठट्टा गर्ने बानीले सहयोग नै पुर्‍याउँछ । पुरुष तथा महिलाका लिंगबीचको सम्पर्क कुनै पनि यौनक्रियाको अन्तिम लक्ष्य भएपनि उपयुक्त वातावरणसँगै यौन सम्बन्धी चिन्तनले पनि शरीरमा परिवर्तन आउन थाल्छ । त्यसैले सफल यौन क्रियाका लागि मानसिक एवं शारीरिक तवरले तयार हुनुपर्छ ।

महिला र पुरुषबीचको उत्तेजना एवं चरमसुखको फरकपनका कारणले पाक क्रीडाको छुट्टै महत्व छ । यस विषयमा पुरुष पार्टनरले बढी ध्यान प्र्‍याउनु आवश्यक छ । पाक्क्रीडाका क्रममा एक अर्कालाई सुम्सुम्याउनेदेखि चुम्बन गर्ने, अँगालो मार्ने, हल्का चिमोट्ने, टोक्ने, दबाउने, काउकुती लगाउने आदि कार्य गर्न सकिन्छ । मधुरो प्रकाश, हल्का परफ्युम, सुमधुर संगीत एवं थोरै मद्यपानले थप मादकता प्रदान गर्छ ।

यौन चक्रका विभिन्न चरण अनुसार स्त्री यौनांगमा विभिन्न परिवर्तन आउँछ । मुख्यतया: योनिद्वार, भगांकुरमा रक्त प्रवाह बढ्नुका साथै स्तन, अनुहार, छाला तथा कानको लोतीमा रातोपन आउने, मुटुको चाल बढ्ने तथा श्वास–प्रश्वास तीव्र हुने हुन्छ । यौन उत्तेजनाको निरन्तरतासँगै चरम सुख प्राप्त हुने क्रममा स्त्री जननेन्द्रियका मांसपेशी पटक–पटक खुम्चिने–फुक्ने हुन्छ ।

पुरुष र महिलाको चरम सुख केही फरक हुन्छ । यौनक्रियापूर्व पर्याप्त पाक क्रीडाको अभावमा दुवै जनाले चरम सुख प्राप्त गर्न गाह्रो हुन्छ । चरम सुख प्राप्त भएसँगै पुरुषमा शिथिलता आउँछ । पुरुषमा चरम सुखको अत्याधिक उचाइमा वीर्य थैली, पुरुष ग्रन्थी एवं शुक्रकीट वाहिनी नलीमा संकुचन उत्पन्न भै वीर्य स्खलन हुन्छ र पुरुषले सन्तुष्टि महसुस गर्छ । यो कार्यले सुरुमा महिला (श्रीमती) लाई नराम्रो लागे पनि तिनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दैनन् । विवाहित महिला नै भएपनि आफ्नो असन्तुष्टि व्यक्त नगरेको खण्डमा पटक–पटकको अतृप्तिले महिलामा मानसिक समस्या उत्पन्न हुन बेर लाग्दैन । त्यसैले आफ्नो जीवनसाथीले पनि सन्तुष्टि प्राप्त गरे–नगरेको कुरा सोध्नु आवश्यक छ ।

महिलाको तुलनामा पुरुषमा चरम सुखपछिको अवधि लामो हुन्छ । यो अवधिमा पुरुषलाई तुरुन्त यौन उत्तेजनामा ल्याउन तथा फेरि यौन क्रियाकलापका लागि तयार पार्न गाह्रो हुन्छ । त्यसको ठीक उल्टो महिलाहरू भने चरम सुख लगत्तै पनि पटक–पटक यौन उत्तेजनामा आई फेरि–फेरि चरमसुख प्राप्त गर्न सक्छन् ।

व्यक्ति विशेषको आफ्नै स्वभावअनुसार चरम सुख प्राप्तगर्ने तथा त्यसपछि पुन:उत्तेजनामा आउने अवधि पनि फरक–फरक हुन्छ । यौनांगको प्रत्यक्ष घर्षण हुनुपूर्व दम्पती नै पाक्क्रीडामा संलग्न भए अत्यधिक यौन सन्तुष्टि प्राप्त गर्न सहज मात्र हुँदैन यसले दाम्पत्य जीवनलाई नै सुमधुर एवं प्रगाढ बनाउ.;;;;


Don't Forget To Join US Our Community