रात परेपछि बढी उत्तेजना फिल हुन्छ, मैले के गर्दा राम्रो? एक १७ बर्षिया युवतीको जिज्ञासा
म १७ वर्षीया युवती हुँ, मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ, मैले के गर्दा राम्रो ?
हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ । यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ ।
घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ । किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।
यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय
विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो । हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् । महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए ।
Don't Forget To Join US Our Community