स्मार्टफोनको ‘लक प्याटन' वा पिन नम्बर भुल्नुभयो ? यसो गर्नुहोस्


आजभोली स्मार्टफोनको प्रयोगकर्ता बढ्दै गएका छन् । आफ्नो मोबाइललाई सुरक्षित राख्न तथा अरु व्यक्तिले सहज रुपमा आफ्नो मोवाइल खोल्न नपाओस भनेर तपाईंले मोबाइलमा लक प्याटन वा पिन नम्बर राखेर भुल्दा तनावमा हुनुहुन्छ ?
विशेषगरी लामो समयसम्म एउटै प्याटन लक तथा एउटै पिन नम्बर राखेर पिन तथा प्याटन परिवर्तन गर्दा भुल्ने समस्या हुने गर्दछ । लामो समय सम्म राखेको पासवर्डमात्र सम्झिने भएकाले नयाँ पासवर्ड भुल्ने क्रम बढी हुन्छ ।
यदी यस्तो हो भने अब तपाईंले प्याटन लक तथा पिन नम्बर भुल्दा तनावमुक्त हुनुभए हुन्छ । त्यसका लागि तपाईंले केही उपाय अपनाउन सकिन्छ ।
सबैभन्दा सजिलो उपाय फेक्ट्री रिसेट हो । तर, फेक्ट्री रिसेट गर्दा मोवाइलमा राखिएका अन्य डाटा पनि उड्ने समस्या हुन्छ । डाटाको सुरक्षा गर्नुपर्ने अवस्था छ भने तपाईंले फेक्ट्री रिसेटको विकल्प रोज्नुपर्ने हुन्छ ।
फेक्ट्री रिसेट गर्न नसकेको अवस्थामा तपाईंले एन्ड्रोइड डिवाइस मेनेजरको प्रयोग गर्न सक्नुहुनेछ । स्मार्टफोनमा तपाईंले गुगल एकाउन्ट लग इन गर्नुभएको छ भने त्यसको मद्दतले एन्ड्रोइड डिवाइसको व्यवस्थापन गर्न सक्नुहुनेछ ।


Don't Forget To Join US Our Community